Salime Malika Krishi Farm

Awareness Campaign

निस्दीमा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: ‘कृषि,पर्यटन,सँस्कृति, खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव-२०८० को सुरु भएको छ। निस्दी खेलकुद विकास समिति मुल आयोजक समितीका अध्यक्ष उमेश कुमार गाहाको अध्यक्षतामा भएको महोत्सवको प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले उद्घाटन गर्नुभएको छ।

निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका-४, झ्याल्टुङ्ग खेल मैदानमा महोत्सव सोमबार देखि आगामी बैशाख ३ गतेसम्म चल्नेछ।

मेलालाई प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यले सम्बोधन गर्दै निस्दी गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना भएको पालिका रहेको बताउनुभयो । महोत्सवले स्थानीय संस्कृतिको प्रवद्रनमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले निस्दीका सबै वडामा यसै बर्ष बिजुली बाल्नको लागी काम भैरहेको भन्दै यहाँको विकासमा स्थानीय तह संग सहकार्य र समन्वय गरेर लागि परेको बताउनुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रोजगारकै लागि युवाहरु विदेशिने क्रम बढ्दै गएको र गाउँहरु रित्तो हुँदै गैरहेको सन्दर्भमा विस्थापित बस्तीलाई स्थापित गर्नका लागी कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्नका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले निस्दिको विकासमा आफु लागिपरेको बताउनुभयो।

कार्यक्रमलाई नेकपा एमाले पाल्पाका जिल्ला कमिटी उपाध्यक्ष देविलाल लामिछाने,नेपाली कांग्रेसका गोपाल अर्याल नेकपा माओवादी केन्द्र निस्दिका अध्यक्ष राम प्रसाद खत्री,गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी,डिभिजन वन कार्यालय पाल्पाका अधिकृत रामचन्द्र लामा लगायतले सम्बोधन गर्दै महोत्सव सफलताको शुभकामना दिनुभएको थियो।

मेलामा स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, खुल्ला अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति, निस्दी डान्स आईडल, बाल उद्यान र फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ।

उट्घाटन समारोहको पहिलो दिन वरिष्ठ लोकदोहोरी गायक नारायण रायमाझी,सञ्जय देवकोटा लगायत स्थानिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।मेला मूल आयोजक समितिका सहसंयोजक प्रदिप ज्ञावलीको स्वागत बाट सुरु भएको उट्घाटन कार्यक्रमको सञ्चालन निस्दी खेलकुद विकास समितिका प्रचारप्रसार उपसमिति संयोजक होम राई मगर र सदस्य धन बहादुर ठाडाले गर्नु भएको थियो । कार्यक्रम सुरु हुनुपूर्व मित्याल बजारबाट मेला स्थलसम्म विभिन्न सांस्कृतिक झाँकी समुह, विद्यालय, विभिन्न वित्तिय संस्था तथा समुहको सहभागीतामा र्याली निकालिएको थियो ।

Awareness by SKF

मेलामा मारुनी, कौरा, घाटु, झ्याउरे, सालैजो, भजन, पञ्चेबाजा लगाएतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो