Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा थुमापार्क लालीगुराँस महोत्सव भव्यताका साथ सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सरीता पौडेल, मुसिकोट, गुल्मी: मुसिकोट नगरपालिका-३, थुममा अवस्थित थुम लालीगुराँस पार्कमा गुराँस फुलेको अवसरमा लालीगुराँस महोत्सव भव्य रुपमा सम्पन्न भएको छ।

लाली गुराँस फुलेर ढकमक्क भएको यो अवसरमा आन्तरिक पर्यटक प्रर्वधन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक वसन्त अधिकारीले बताउनु भयो।

महोत्सवका अवसरमा खुला भलिवल प्रतियोगिता, खुला रेकर्ड डान्स, नौमती बाजा, सरायनाच, साथै बृहत सास्कृतिक कार्यक्रम भएको वडा सदस्य थम्मन बहादुर घिमिरे क्षेत्रीले बताउनु भयो।

सिंचाई
Forest
Ad.

भलिबलतर्फ प्रथम पुरस्कार रु ३५,०००/- मेडल, ट्रफी र प्रमाणपत्र, द्वितिय पुरस्कार रु २५,०००/- मेडल, ट्रफी र प्रमाणपत्र साथै सेमीफाईनलमा पुग्ने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको खुल्ला भलिबलतर्फ मजुवा युवा क्लब प्रथम र रायमाझी टुर्स एन्ड ट्राभल्सले द्वितिय स्थान हासिल गरेका छन भने धारापानी युवा क्लब र रायमाझी थ्री स्टारले सेमी फाईनलमै चित्त बुझाउनु परेको खेल संयोजक हिमाल कार्कीले बताउनु भयो।

महोत्सवमा रेकर्ड डान्स , सरायनाच, तथा नौमती बाजा प्रर्दशन तथा राष्ट्रिय कलाकारहरु पशुपती शर्मा, सम्झना भण्डारी, हास्यकलाकार पुरुत्तोसम भन्डारी ( पुर्खे) बा, सम्झना रणपाल, कमल बराल, धनमाया राना, पवन सेन्चुरी लगायत कलाकारहरूले प्रस्तुती राख्नु भएको थुमा लाली गुराँस पार्क संरक्षण समितिका अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री बताउनु भयो।

चैत्र १७ गते पशुपति शर्मा र सम्झना भन्डारीले प्रस्तुती राख्दै गर्दा ठूलो असिना हावा हुरी सहितको पानी परेपनि दर्शकको भिडलाई सम्हान गाह्रो भएको थियो।

थुमा लाली गुराँस पार्कको पर्यटन प्रर्वधन गरि आन्तरिक तथा बाह्य पर्यटन भित्राउन प्रचार प्रसार गर्ने र राष्ट्रिय खेल भलिबलको बिकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थुम लाली गुराँस पार्क संरक्षण समितिका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो ।

Awareness by SKF

यो क्षेत्र धार्मिक हिसाबले पनि ऎतिहासिक महत्त्वपूर्ण रहेको साथै प्रकृतिक रुपमा पनि सुन्दर रहेकोले यसको प्रचार प्रसार गर्न सकेमा पर्यटक भित्राउन सकिने पुजा ब्यबस्थापन समितिका अध्यक्ष वसन्त रिज्यालेले बताउनु भयो ।

महोत्सव यहि चैत्र १५, १६ र १७ गते संचालन भएको थियो ।

थुमा लाली गुराँस संरक्षण समितिका अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा सम्पन्न महोत्सवको संचालन युवा समाजसेवी वसन्त अधिकारीले गर्नुभएको कार्यक्रमको समुद्घाटन मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल (जीवन) ले गर्नु भएको थियो भने समापन युवा समाजसेवी श्रीराम महतले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो