Place for ads

Awareness

दिवा खाजा प्रभावकारी बन्दै, विद्यार्थीलाई विद्यालयमा टिकाउन सहयोग



सुमित्रा कंडेल
१ महिना अगाडि


Place for ads

पाल्पा: पाल्पाको तानसेन ८ का कल्पना पाण्डेका ३ छोराछोरी सामुदायिक विद्यालयमा पढ्छन। उहाँलाई पहिले स्कुलमा दिवा खाजाको व्यवस्था नहुँदा बिहान खाना र खाजा बनाएर छोराछोरीलाई विद्यालय पठाउन भ्याइनभ्याई हुन्थ्यो।आजभोलि भने उहालाई धेरै सहज भएको छ।

संघीय सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि १५ रुपैयाँ खाजा अनुदान दिएको छ। सरकारको यो अभियान पाल्पाको तानसेन नगरपालीका, रम्भा, तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकामा निकै प्रभावकारी देखिएको छ। संघीय सरकारले दिएको अनुदानमा थप ५ रुपैयाँ थपेर स्थानीय तहले विद्यार्थीलाई खाजा खुवाइरहेका छन्।

Get Vaccinated

तानसेन नगरपालिका अन्तर्गतका विधालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाइन्छ । विद्यालय खाजा कार्यक्रम प्रभावकारी भएकाले यसलाई पालिकाले थप गरेर खुवाएको छ । पालिकाले कार्यपालिकाबाट कार्यविधि बनाएर प्रतिविद्यार्थी २० रुपैयाँ खाजा उपलब्ध गराएपछि शिक्षाको गुणस्तरमासमेत सुधार आएको नगरँपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीको दाबी छ ।

पाल्पाको रम्भा गाउँपालिका अन्तर्गतका कक्षा ९ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाइन्छ । विद्यालय खाजा कार्यक्रम प्रभावकारी भएकाले यसलाई पालिकाले थप गरेरै भए पनि खुवाएको छ । पालिकाले कार्यपालिकाबाट कार्यविधि बनाएर प्रति विद्यार्थी २० रुपैयाँ खाजा उपलब्ध गराएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मीना आचार्यले बताउनुभयो ।

निस्दी गाउँपालिकाले संघीय सरकारले कक्षा ५ सम्म प्रदान गरेको १५ रुपैयाँमा ५ रुपैयाँ थपेर कक्षा ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरेको छ । भौगोलिक विकटताका कारण बालबालिका नियमित विद्यालयमा नबस्ने, दिउँसोको खाजा छुट्टीमा घर जाने गर्दा पढाईको गुणस्तरमासमेत असर गरेपछि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुरव दयालले बताउनुभयो ।

तिनाउ गा पा काले पनि संघीय सरकारले कक्षा ५ सम्म प्रदान गरेको १५ रुपैयाँमा ५ रुपैयाँ थप गरेर कक्षा ५ सम्म २० रुपैयाको दिवा खाजाको व्यवस्था गरेको गाउँपालिकाका उपप्रमुख लाल बहादुर थापाले जानकारी दिनुभयो ।

Awareness by SKF

विद्यालयमै खाजा खुवाउने योजनाअनुसार कार्यपालिका र गाउँसभाबाट नै निर्णय गरेर विद्यार्थीलाई दैनिक फरक–फरक खाजा खुवाउने गरेका छन । पालिकाले विद्यालयमै खाजा खुवाउँदा शैक्षिक गुणस्तरमासमेत सुधार आएको छ । यति मात्र होइन, दिवा खाजा कार्यक्रमले बालबालिकालाई सामुदायिक विद्यालयमा भित्र्याउने र टिकाउने काम गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →