Place for ads

Awareness

ब्याडमिन्टन प्रतियोगिताको उपाधी आर्मी र ललितपुरको पोल्टामा



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा तीन दिन देखि चलेको प्रथम राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी काठमाडौको त्रिभुवन आर्मी क्लव र ललितपुरको नखिपोट युवा कल्बका खेलाडीले चुमेका छ्न ।
ब्याडमिन्टन संघ गुल्मीले आयोजना गरेको प्रतियोगितामा आर्मीका डेभिड थापा मगर र नाखिपोटका विवेक चौधरीले उपाधी चुमेका हुन।

फाईनल खेल उनिहरु सङ्ग आर्मीका नरेन्द्र बम र हिमाल चन्दको समुह बिच भएको थियो । खेलको सुरुमा बम र चन्दको समुहले ती दुई जनाले निकै पछाडी पारेका थिए । बम र चन्दले ११ अंक हासिल गर्दा मगर र चौधरीको समुहले ९ अंक ल्याएका थिए । त्यति बेला सबैको अनुमान उनिहरुले जित्नेमा थियो । त्यस माथी खुट्टा दुखेर डेभिट एकचोटि ढले अर्को चोटि रेस्टमा बसे ।

Get Vaccinated

फेरि उठेर खेल्न यहां पछि उचाई लिन सुरु गरे । धेरै पटक बराबर हुँदै गएका दुबैले २०/ २० अंक जोडे । कसले जित्छ उपाधि ब्गनेर अनुमान नै गर्न नसक्ने अबस्था भएको बेला डेभिड र नरेन्द्रको समुहले २० का विरुद्ध २२ अन्क जोडेरर बाजि मारे । आर्मिका नरेन्द्र र हिमालले उप बिजेता मै चित्त बुझाउनु पर्यो ।
त्यस्तै लाफा समूह बुटवलका मनोज फौदार , विवेक न्यौपानेको समूह र धादिङ्गका राम मल्ल ठकुरी र लम्जुङ्गका सुजन थापाको समुहले तेस्रो पुरस्कार जितेको छ । पुरस्कार राशि क्रमशः ६० , ४० र २० हजारको छ । समापन कार्यक्रमका प्रमुख अतिथि खेलकुद विकास प्रदेश परिषदका सदस्य सचिब जयप्रकाश भट्टराईले नगद पुरस्कार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

सिङ्गल तर्फ सेमलार ब्याडमिन्टन क्लव बुटवल १५ का सरोज सुनारले ३५ हजार राशी को प्रथम पुरस्कार चुमेका छ्न । उनको घर भने गुल्मीको धुर्कोट हो । सेमलार कै हिमान्सु कुवरले दृतिय पुरस्कार जितेका छ्न । त्यस्तै आर्मिका नरेन्द्र बम र डेभिड थापा मगर तृतीय पुरस्कार जितेका छ्न । बि समुहमा स्मस का किरण बिष्ट र तम्घासका अलेक्स खेर्तीले प्रथम पुरस्कार जितेका छ्न ।

३५ बर्ष उमेर समुहको खेलमाकास्कीका मनोहर कार्की र विशाल खड्का प्रथम भएका छ्न । सेमलारका दर्शन बराल र सरल थापा दृतिय भएका छ्न । तम्घासका सुरेश श्रेष्ठ र भरत थापाले तृतीय पुरस्कार जितेका छ्न । ४५ बर्ष उमेर समुहको प्रतिस्पर्धामा बर्वतका प्रेम कुमार गुरुङ्ग र पिएफसी काठमाडौका सन्जय कपाली प्रथम भएका छ्न । तम्घासका कृष्ण राना र नवराज श्रेष्ठको समूहले दृतिय पुरस्कार हाता पारेको छ।  तम्घासकै धनबहादुर थापा , कृष्ण बहादुर थापाको समुह र तम्घास कै देबेन्द्र भलामी र चन्द्र पाण्डेको समूहले तृतीय पुरस्कार हाता पारेका छ्न ।

५५ बर्ष उमेर समुहको खेलमा तम्घासका शैलेन्द्र बज्राचार्य र बालसिंह काउछाको समूह प्रथम भएको छ । कास्कीका रामबहादुर गुरुङ र खगेन्द्र पेगामी दृतिय भएका छ्न । रुपन्देहीका बलाराम पन्थी , निरबहादुर रानाको समूह र तम्घासका बिष्णु बलाल र प्रकाश भलामीको समूह तृतीय भएका छ्न ।
विभिन्न ७ बिधामा भएको प्रतियोगितामा १४५ जना खेलाडीले नाम दर्ता गरेको ब्याडमिन्टन संघ गुल्मीका उपाध्यक्ष रमेश काउछाले बताए । अन्य विधाको पुरस्कार राशी ३५ , २५ , २० र १५ हजार रहेको थियो ।

Awareness by SKF

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले गुल्मीका खेलाडीहरु राष्ट्रिय स्तर सम्म सफल भएको लुम्बिनी प्रदेश मै अब्बल रहेको बताएका थिए ।
प्रतियोगिताको चैत्र ९ गते रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गरेका थिए ।
सेमिफाइनल र फाइनल खेल निकै रोचक थियो ।

संघका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सहजीकरण सचिब सुरेश श्रेठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →