Awareness Campaign

गुल्मीमा होलीमा इच्छा विपरीत रंग दलेमा कारवाही हुने



अनिल खत्री
१ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मी सबैमा आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरित रंग दल्ने लोला हान्ने बाटोमा लुकेर बटुवालाई इच्छा विपरीत रंग नदल्लन आग्रह गरेको छ ।

त्यस्तै बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने लगायत उश्रृङ्गखल अवाञ्छित कार्यहरू प्रचलित कानून विपरित हुने हुँदा उक्त गतिविधिहरु नगर्नु नगराउनुहुन प्रशासनले जारी सूचनामा उल्लेख छ । यदि कहि कतै कानून विपरितका कार्यहरु भए गरेको पाइएमा प्रचलित नियमअनुसार कार्वाही गुल्मी प्रशासनले जनाएको छ ।

होलीलाई सभ्य तरिकाले मनाउनका लागि र कुनै पनि अप्रिय घटना घटना नदिन प्रशासनले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइदै छ ।

Forest
Forest
Ad.

रंगहरुको पर्वको रुपमा मनाइने होली विशेष महत्त्वपूर्ण पर्व हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो