Hi-Speed Computer

Awareness Campaign

मुसिकोटले अति अशक्त अपाङ्गता भएकाहरुको संरक्षकलाई मासिक एक हजार दिने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ।

मुसिकोट नगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेको कार्यविधी अनुसार आफ्नो स्याहार आफै गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने भएको हो। खानपिन, शौचालय र व्यक्तिगत सरसफाई समेत गर्न नसक्नेहरुको लागि नगरपालिकाले कार्यविधि बनाइ अपाङ्गताको क्षेत्रमा काम गरेको नगरपालिकाले जनाएको छ।

अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन्। तर तिनीहरु मध्येबाट पनि अति अशक्त प्रकारको अपाङ्गता भएकालाई नगरपालिकाले नयाँ कार्यविधि बनाएर उनीहरुको साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउनको लागि यस्तो खालको निर्णय गरिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो।

Forest
Forest
Ad.

उनीहरुको पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुने हुँदा उनीहरुको सम्मानको लागि यस्तो निर्णय गरिएको नगरप्रमुख खरेलले बताउनुभयो।

मुसिकोट नगरपालिका भित्र (क) वर्गका ९५ (ख) वर्गका १८७ (ग) वर्गका ९३ र (घ) वर्गका ६९ रहेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी समुन्द्र रायमाझीले जानकारी दिनुभयो। नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो