Smoking Causes Cancer

गुल्मी अस्पतालद्वारा नगरप्रमुख पन्थीलाई सम्मान



सुमन महतारा
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको गुल्मी अस्पतालले रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख खिलध्वज पन्थीलाइ सम्मान गरेको छ । मेयर पन्थी र रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई अतुलनीय सहयोग गरेको र गुल्मी अस्पतालकाे सर्वाङ्गिण विकासमा अतुलनीय सहयोग गरेको भन्दै सम्मान गरेको छ ।

मेयर पन्थीकै नेतृत्वले गुल्मी अस्पतालमा कार्यरत हाडजोर्नी बिशेषज्ञ डाक्टरलाई सरकारले उपलब्ध गराएको बराबर सेवा,हाडजोर्नीलाई आवस्यक पर्ने झण्डै ३० लाख पर्ने सिआर्म मेसिन र डायलशिस सेवा सुचारू गर्नका निमित्त अत्यन्तै खटेका कारण सम्मान गरिएको जनस्वास्थ्य निरिक्षक बाेम अर्यालले बताए ।

मेयर पन्थी संगै गुल्मी अस्पतालले गुल्मी अस्पतालमा कार्यरत हाडजोर्नी राेग बिशेषज्ञ डाक्टर प्रदिप शिवाकोटी , अस्पतालमा लामो समय देखि कार्यरत स्वास्थ्यकर्मी रमेश पन्थी ,खिम ज्ञवाली ,विन्दु विस्वकर्मा र ४० बर्ष देखि अस्पतालमा कार्यरत देव बस्नेतलाई अस्पतालले सम्मान गरेको हाे ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो