Clean Water Campaign

Awareness Campaign

सरोज सरको ‘उज्यालो यात्रा’ उपन्यास लोकार्पण



सागर भण्डारी
१ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं- ७ वामीटक्सार निवासी लेखक एवम् शिक्षक सरोजराज बौद्धाचार्यको सामाजिक उपन्यास “उज्यालो यात्रा” को लोकार्पण गरिएको छ ।

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका शिक्षक समेत रहनुभएका बौद्धाचार्यद्धारा लिखित कृति विद्यालयमै विद्यार्थी तथा सरोकारवालाहरुको बीचमा लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पण गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुुख जीवलाल खरेल जीवनले विद्यार्थीहरुकाबीचमा पुस्तक विमोचन गर्दा उनीहरुलाई पनि लेख्ने प्रेरणा मिल्ने बताउनुभयो । उहाँले लेख्नेहरु धेरै भएपनि पुस्तक नै लेख्ने कार्य जटिल रहेको भन्दै लेखक बौद्धाचार्यलाई शुभकामना व्यक्त गर्नुभयो ।

सिंचाई
Forest
Ad.

त्यस्तै विद्यालयका प्रधानाध्यापक देविराम शर्माले कृतिहरु रचना गरेर समाजलाई पथप्रदर्शन गर्ने कार्य चुनौतीपूर्ण रहेको भन्दै आफ्नो विद्यालयका शिक्षकको यो उत्साहपूर्ण कार्यले विद्यालय निकै खुसी भएको बताउनुभयो । उहाँले दैनिक पठनपाठन समयका अतिरिक्त समयमा पुस्तक लेखेर सरोज सर अरुका लागि समेत प्रेरणा बनेको बताउनुभयो ।

उपन्यासले सामाजिक कथा वस्तु र सामाजिक परिघटनाको चित्रण गरेको लेखक सरोज बौद्धाचार्यले जानकारी दिनुभयो । पुस्तक लोकार्पण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, शिक्षा अधिकृत प्रकाश नेपाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष शाक्य, प्रधानाध्यापक, देविराम, हाम्रो पुस्तकालय वामीका अध्यक्ष रामचन्द्र श्रेष्ठ, सहायक प्रधानाध्यापक धनपती खरेल र अनन्तलाल भण्डारी लगायत पत्रकार तथा शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

लेखक सरोजराज बौद्धाचार्य २०४८ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । नेपाली विषयमा एम.एड गर्नुभएका उहाँले हाल महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयसंगै रुद्रावची बुहुमखी क्याम्पसमा उपप्रध्यापक रही शिक्षण गर्दै आउनुभएको छ । उहाँ विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल रहनुभएको छ भने विभिन्न साहित्यिक लेखनमा पनि अग्रसर हुनुहुन्छ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो