Awareness Campaign

रेसुङ्गा विमानस्थलबाट विस्थापित परिवारले मागे लालपुर्जा र रोजगारी



अनिल खत्री
१ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवारले लालपुर्जा लगायतका समस्या समधानको माग गरेका छन् । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरि १४ घर वस्ती बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको थियो ।

विमानस्थल निर्माणको क्रममा विस्थापित भएका घर परिवारलाई प्रदान गरिएको जग्गाको लालपुर्जा हालसम्म पनि पाएका छैनन् । लालपुर्जा, रोजगारि लगायतका समस्याहरुको माग गर्दैै विमानस्थलबाट विस्थापित संघर्ष समितिले रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीसँग ज्ञापन पत्र बुझाएका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगर पालिकाको वडानम्बर–१० मा रहेको रेसुङ्गा विमानस्थलमा गत वैशाखदेखि नियमित उडान हुँदै आएको छ । विमानस्थलबाट नियमित उडान भएपनि विस्थापित परिवारले विमानस्थल निर्माण समितिले निर्माणको क्रममा देखाएको प्रलोभन पुरा नगरेको स्थानीय रेनुकला अर्यालले बताउनुभयो ।

Forest
Forest
Ad.

उहाँले हालसम्म लालपुर्र्जा पनि नआएको रोजगारि पनि नदिएको दुखेसो गर्नुभयो । विकास भएपनि भएभरको घर सम्पती छोडेर सुकुम्वासी बनेर जग्गा दिएर अहिले विभिन्न समस्या हुँदा निर्माण समितिले ध्यान नदिएको बताउनुभयो ।

उहाँले विमानस्थल निर्माणका लागि घर सहित १४ रोपनी जग्गा उपलब्ध गराउनु भएको थियो । संघर्ष समितिले नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवार बसोवास गरेको जग्गाको लालपुर्जा दिने, स्थानीयलाई रोजगारी दिने, खानेपानी, विद्युत लगायत निःशुल्क उपलब्ध गराउने निर्माण समितिले भनेपनि हालसम केहि पनि सुनुवाई नभएको उल्लेख गरेका छन् ।

त्यस्तै विमान निर्माण गर्ने क्रममा विस्थापित परिवारका एक घरका एक सदस्यलाई रोजगारी दिने भनिएपनि हालसम्म रोजगारी नदिएको स्थानीय कमला पुन गुनासो गर्नुभयो ।

त्यस्तै विस्थापित व्यक्तिहरु बसेको ठाउँमा विमानस्थल निर्माणको क्रममा बनाइएको ढलले केहिघरहरु जोखिखमा परेको बताएका छन् । चक्र पथ सहितको बाटोको स्तरउन्नती, खानेपानीको व्यवस्था, विमानस्थल निर्माण गर्दा भत्काइएको मन्दिरको पुनः निर्माण लगायतका मागहरु विमानस्थल निर्माणका विस्थापित परिवारको रहेको छ ।

Awareness by SKF

विमानस्थल सार्वजनिक र निजि गरि कुल १५६ रोपनी जग्गामा फैलिएको छ । विमानस्थल निर्माणको क्रममा गरिएका प्रतिबद्धताहरु पुरा नभएको भन्दै उनिहरुले स्थानीय सरकारसँग ध्यानाकर्षण गराएका छन् ।

विभिन्न माग सहितको ज्ञापन पत्र बुझदै रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले निर्माण समितिले के कसरी सम्झौता गरेर हटाएको भन्ने बारे अध्ययन गरेर अगाडी बढने बताउनुभयो । विमानस्थल निर्माण कार्य सम्पन्न भएर नियमित उडान भइसकेपछि विस्थापित परिवारको समस्या छ भन्ने कहि कतै हालसम्म नआएकाले यसबारे कुनै ध्यान नदिइएको पन्थीले बताउनुभयो । उहाँले विस्थापित परिवारको समस्या समधानमा नगरपालिका गम्भीर रहेको बताए । निर्माण समितिले तत्कालिन समयमा विभिन्न आशाहरु देखाएर निकै सस्तो मूल्यमा जग्गाको मूल्याङन गरेर विमानस्थलबाट हटाएको थियो । रेसुङ्गा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले विस्थापित परिवारलाई खुसी पारेर जग्गा अतिक्रमण गरिएको बताउनुभयो । लालपूर्जा दिने र रोजगारि लगायतका कुराहरु राखिएको उहाँले बताउनुभयो ।

लालपूर्जा दिनको लागि भूमि आयोगबाट प्रक्रिया अगाडी बढिसकेको पन्तले बताउनुभयो । अन्य कुराहरु उनिहरुसँग गरिएको सम्झौता हेरेर मात्रै भन्न सकिने पन्तको भनाइ छ ।

२०६३ सालमा तत्कालिन संस्कृति पर्यटनमन्त्री प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको निर्माणको काम थालनी गरिए पनि २०७२ पछि मात्रै निर्माणले गति लिएको थियो । करिब एक दशक लामो निर्माण कार्यपछि मात्रै गएको बैशाखबाट नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक हप्ताको बुधवार र शुक्रवार नियमित उडान गर्दै आएको छ ।

नियमित उडानसँगै यहाँका बिरामी अशक्तहरुलाई काठमाडौं आउ–जाउ गर्न सहज भएको छ । अहिले गुल्मीबाट जहाजमा ४५ मिनेटमा काठमाडौं पुग्न सकिन्छ । रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । यहाँबाट १८ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ । विमानस्थल निर्माणमा ३५ करोड बढि खर्च भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो