Place for ads

Awareness

अदुवा बेसार पकेट कार्यक्रमलाई निरन्तरता दिँदै



सुमित्रा कंडेल
२ महिना अगाडि


Place for ads

पाल्पा: अदुवा बेसार पकेट कार्यक्रम २०८०/८१ निरन्तरता कार्यक्रम सम्बन्धी सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ।

विगत २ वर्ष देखि बगनासकाली गा.पा.-२, पोखराथोकको भवानी महिला कृषक समूहले अदुवा बेसार कार्यक्रम संचालन गरिरहेको छ। यो वर्ष पनि कार्यक्रम निरन्तरताका लागि नेपाल सरकारको संघिय सशर्त अनुदान कार्यक्रम अन्तर्गत ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

Get Vaccinated

कार्यक्रम प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले नेपाल सरकारको संघिय सशर्त अनुदान कार्यक्रम अन्तर्गत  गत बर्ष देखि अदुवा बेसार कार्यक्रम  संचालनमा रहेको र यस बर्षपनि यहि समुहमा निरन्तरता  दिने गरि यसै समुहलाई पालिकाले  निरन्तरता दिईएको  बताउनु भयो। बगनासकाली गाउँपालिका भित्रका विभिन्न  वडाहरूमा पकेट कार्यक्रम  संचालन गरि आय आर्जनमा जोड  दिदै  उत्पादनलाई  प्राथमिकतामा राखिएको बताउनु भएको थियो।

समुहले व्यक्तिगत र सामूहिक  खेती  अवलम्बन गरि अदुवा  बेसार  लगाई बार्षिक आम्दानी बढाउन  सबै दीदिबहिनीहरूलाई आग्रह गर्नु भयो। रोग किराबाट बालीलाई बचाउन , कृषि प्राविधिकहरूले सरसल्लाह  र बालीको  निरीक्षण  गर्न  र किसानलाई सहयोग गर्ने काममा प्राविधिकहरूलाई आग्रह गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टिका थापा, वडा अध्यक्ष तिर्थ प्रसाद भट्टराई, कार्यपालिका गीता रेग्मी लगायतले कार्यक्रमको शुभकामना  दिदै बजेट आउदा मात्र कायक्रम गर्ने, बजेट नहुँदा कार्यक्रमलाई निरन्तरता नदिने परीपाटीलाई अन्त्य गरी हरेक वर्ष आयआर्जनमा वृद्दी  गर्न सुझाव दिनुभयो। भवानी कृषक समुहको आयोजनामा भएको कार्यक्रम शान्ता गैरेको  स्वागत, समुहका अध्यक्ष पवित्रा मुडवरीको अध्यक्षता, कृषि प्राविधिक निशा मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न  भएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →