Smoking Causes Cancer

मुसिकोटको प्रशासकीय भवन उद्घाटनमा हतारो, ३ महिनासम्म पनि भाडाकै घरबाट सञ्चालन



सुमन महतारा
२ वर्ष अगाडि


Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्धाटन भएको ३ महिना बित्न लाग्दा समेत पूर्ण रुपमा सञ्चालन हुने सकेको छैन। तर भवनको यस अगाडी नै उद्घाटन गरिएको थियो ।

गत मंसिर २० गते तामझामका साथ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले भवनको उद्घाटन गरेका थिए । भवन उद्धाटनमा हतार देखाएको नगरपालिकाले पूणर् रुपमा निर्माण सम्पन्न गरि आफ्नै भवनबाट सेवा दिन भने नसकेको हो ।

निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको नगरपालिकाको नयाँ प्रशासकीय भवनमा हाल नगरप्रमुख र नगरउपप्रमुखको कार्यकक्ष मात्रै निर्माण गरिएको छ । उद्घाटनको दिन हतारमा कर्मचारीहरुले नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष निर्माण गरेका थिए । तर जनतालाई प्रशाशकीय सेवा दिने गरी नयाँ भवन भने प्रयोगमा आउन सकेको छैन ।

सिंचाई
Forest
Ad.

नयाँ भवन पूणर् रुपमा निर्माण सम्पन्न भई नसकेकाले सेवा प्रवाह पुरानै भाडाको घरबाट दिइदै आएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए । केही नियमित कामहरु हुदै गरेका कारण सर्न ढिलाई भएको बताए ।

नयाँ प्रशासकीय भवनबाट पूरा सेवा पाउन अझै कति समय लाग्ला ? भन्ने बारेमा बुझ्न नगरप्रमुख जीवन खरेललाई फोन सम्पर्क गर्दा उनको फोन भने उठेन । नगरपालिकाले हाल मासिक रुपमा ६२ हजार भाडा तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो