Awareness Campaign

पाल्पामा तानसेन महोत्सव हुने, तयारी तिव्र



सुमित्रा कंडेल
१ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पामा यहि फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ। तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुँडिखेल मैदानमा महोत्सव हुन लागेको हो।

‘कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार, तानसेन महोत्सव-२०८०’ भन्ने नारामा हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने नगरपालिकाले जनाएको छ। मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेलाबाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने जानकारी दिनुभयो।

पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार हुने अनुमान गरिएको छ । टुँडिखेल मैदानमा यस अघि अन्य संघ संस्थाबाट सम्पन्न मेला महोत्सवबाट तानसेन नगरपालिकाले मनोरन्जन शुल्क बापत मात्रै ३५/४० हजार सेरोफेरोमा आम्दानी गरेको स्मरण गर्दै तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत भैसकेको बताउनुभयो। मेला सम्पन्न गर्न नगरपालिकाले टेन्डर मार्फत आब्हान गर्दा बढी रकम दिने समुह वाट सो रकम बुझिसकेको ज्ञवालीको भनाई छ।

Forest
Forest
Ad.

पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो।

स्थानीय सरकारबाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दै अगाढी बढ्न समेत सहयोग मिल्ने नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीले बताउनुभयो। महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय स्तरका कलाकारहरुको नृत्य प्रतियोगिता, झाँकी प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →