Hi-Speed Computer

Awareness Campaign

गुल्मीका ऋषिराम घिमिरे, जसले शाखा अधिकृतसहित सात परीक्षा उत्तीर्ण गरे



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीका ऋषिराम घिमिरेले हालै शाखा अधिकृत उत्तीर्ण गरेसँगै लाेकसेवाका सात परीक्षा उत्तीर्ण गरेका छन् । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ७ का घिमिरेले २०७८ देखि हालसम्म लाेकसेवाका छुट्टाछुट्टै सात परीक्षा उत्तीर्ण गरेका हुन् ।

उनले अनुसन्धान सहायक, नेपाल विद्युत प्राधिकरण पाँचौं प्रशासन, नागरिक उड्डयन प्राधिकरण चाैथाे तह का लिखित परीक्षा तथा लुम्बिनी प्रदेश निजामती पाँचौ प्रशासन, नेपाल नागरिक उड्डयन प्राधिकरण पाँचौ तह, संघीय निजामती सेवाको नायब सुब्बा, र हालै मात्र शाखा अधिकृतकाे सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका हुन् । उनी २०७९ मा लुम्बिनी प्रदेश पाँचौ तहमा १ नम्बरमा सिफारिस भएका थिए ।२०७९ मै संघीय नायब सुब्बा प्रशासन बुटवलबाट पनि १ नम्बर मै सिफारिस भएका थिए । २०७९ मै नेपाल नागरिक उड्डयन प्राधिकरण पाँचौ तहमा १ नम्बर मै सिफारिस उनी हालसम्म कार्यरत समेत थिए ।

लाेकसेवाका सात परीक्षा उत्तीर्ण गर्नुका साथै प्रायमा १ नम्बरमै सिफारिस हुने घिमिरेले मेहनत र निरन्तरता भएपछि अवश्य सफल हुने बताउँछन् । आफूले गरेको लगातारको मेहनतले सफलता पाउँदा खुसी लागेको बताउँदै घिमिरेले निराशाकाे भावना नल्याई आशामा केन्द्रित हुनुपर्नेमा जाेड दिए ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो