Salime Malika Krishi Farm

Awareness Campaign

राष्ट्रपति रनिङ शिल्ड जितेको खुसीयालीमा मुसिकोटमा विजय उत्सव



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा लगातार ३ पटक विजयी भई रनिङ शील्ड जितेको खुसीयालीमा मुसिकोट नगरपालिकाले विजय उत्सव मनाएको छ ।

आईतबार प्रतियोगीतामा सहभागी खेलाडीहरु सहित जनप्रतिनिधि र स्थानीयको सहभागीतामा विजय उत्सव मनाएको हो । विजयी र्यालीमा उपाधी चुमेका रनिङ शील्ड र कप सहित बजारमा बाजा गाजा सहित र्याली गरिएको थियो ।

गुल्मी तम्घासको चिदिचौर खेल मैदानमा संचालन भएको जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा मुसिकोट नगरपालिकाले लगातार तीन बर्ष विजय प्राप्त गरेको हो । मुसिकोटले १७ स्वणर्, २० रजत र २३ कास्य गरेर ६० पदकसहित प्रथम भएको हो ।

सिंचाई
Forest
Ad.

प्रतियोगीतामा सहभागी खेलाडी र समन्वय गर्ने शिक्षकहरुलाई नगरपालिकाले सम्मान र पुरस्कृत समेत गरेको छ । विभिन्न खेलमा सहभागी भई पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिकाको गरिमा उच्च हुने गरी प्रतियोगीतामा विजयी हासिल गर्ने सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुभयो । उहाँले नगरपालिकाले खेल क्षेत्रमा आवश्यकतानुसार बजेट विनियोजन गरी खेल क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढेको समेत बताउनुभएको थियो ।

विजयी उत्सव कार्यक्रममा नगरपालिकाका नगरउपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायत खेलाडी, शिक्षक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले गर्नुभएको थियो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो