Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीकी ११ वर्षीया बालिकाको भारतमा बलात्कारपछि हत्या



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीकी ११ वर्षीया बालिकाको भारतमा बलात्कारपछि हत्या भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ का ज्ञानबहादुर नेपाली र आस्था नेपालीकी छोरी रेखा नेपालीको हरियाणा गुरुग्राममा बलात्कारपछि हत्या भएको हो ।

मृतक रेखाका आफन्त कमल नेपालीले भारतबाट दिएको जानकारी अनुसार, २२ गते साँझ ८ बजे रेखा पसलमा निस्केकी थिइन् । उनलाई आफ्नै कोठामा लगी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ अस्थोक अमराईका हाल हरियाणामा रहेका ४५ वर्षीया पुरुषले बलात्कारपछि हत्या गरेको परिवारको आरोप छ ।

मृतक रेखाको शव पोष्टमार्टम भइसकेको छ । उनको शव आरोपित पुरुषकै कोठामा फेला पारिएको थियो । बलात्कारपछि घाँटी रेटेर हत्या गरेको प्रारम्भिक निष्कर्ष छ ।

सिंचाई
Forest
Ad.

रेखाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन् । हालसम्म आरोपित पुरुष पक्राउ पर्न सकेका छैनन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक रेखाका बुबाआमा र एक भाइ छन् । उनीहरु विगत छ वर्षदेखि भारतमा बस्दै आएका थिए । आरोपित पुरुष पनि रोजगारीका लागि भारतमै थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो