Smoking Causes Cancer

गुल्मीमा नि:शुल्क आँखा जाँच सेवाबाट तीन सय ६५ लाभान्वित



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा आँखा उपचारको निःशुल्क शिबिरमा करिब ४ सय जनाले सेवा लिएका छन् । जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मी र मदाने आँखा उपचार केन्द्रकाे आयोजना तथा मदाने गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा मदाने आँखा उपचार केन्द्र पूर्कोटदहमा २ दिनसम्म निःशुल्क शिबिर चलेको थियो ।

शिबिरमा शिविरमा ३ सय ६५ जनाको आँखा जाँच र ४२ जना बिरामीहरूको मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क गरिएको आँखा उपचार केन्द्रका बिरबहादुर कार्कीले बताए ।

शिविरमा विगत २ वर्ष देखि दुवै आँखा नदेख्ने २ जना लगायत सबै बिरामीहरुको शल्यक्रिया सफलता पूर्वक गरिएको थियो ।

सिंचाई
Forest
Ad.

शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा अनुसन्धान केन्द्र का बरिष्ठ नेत्ररोग विशेषज्ञ डा कृति जोशी र जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्रका प्राविधिकहरुको संयुक्त टिमको सहभागिता रहेको थियो ।

जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मीले जिल्ला सदरमुकामसँगै ग्रामीण वस्तीमा पुगेर शिबिर सञ्चालन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो