Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण गरिने



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: स्वास्थ्य कार्यालय गुल्मीले माघ अन्तिम साताबाट सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परिक्षण गर्ने भएको छ। १० बर्ष उमेर पुगेका र १९ बर्ष ननाघेका किशोरीहरुलाई बर्षमा २ पटक आइरन र फोलिक एसिड खाने गरेका छन् ।

आइरन र फोलिक एसिड किशोरीहरुमा रक्तअल्पताको अवस्था पत्ता लगाउन अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कार्यक्रमका फोकल प्रर्सन तथा परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीका अनुसार माघ अन्तिम साताबाट प्रत्येक पालिकाका दुई बिद्यालयका किशोरीहरुमा रक्तअल्पता परिक्षण गरिने छ ।

कक्षा ६ देखि १२ सम्मका किशोरी अभियानमा सहभागी हुनेछन् । शुक्रबार सोहि अभियानको लागि स्वास्थ्य कार्यालय गुल्मीले पालिकाका स्वास्थ्य र शिक्षा शाखा प्रमुखहरुलाई अभिमुखिकरण गरेको छ । अभियान फागुनभर संचालन हुनेछ ।

सिंचाई
Forest
Ad.

स्वास्थ्य कार्यालय गुल्मीका बरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय प्रमुख द्रोर्ण बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →