Salime Malika Krishi Farm

Awareness Campaign

बडिगाड स्वास्थ्य शाखा प्रमुखलाई मोसो दल्ने एक जना पक्राउ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय केसीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् ।

शाखा प्रमुख केसीलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङका जिल्ला संयोजक पूर्णबहादुर गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गुरुङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । गुरुङलाई बुधबार ताराखोला गाउँपालिका वडा नम्बर १ को भुस्काटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो