Awareness

Dhurkot

गुल्मेली गायक प्रसाद खप्तरीको दुवै मृगौला फेल, आर्थिक सहयोगको अपिल



ओझेलका खबर संवाददाता
११ महिना अगाडि


Place for ads

सावित्रा पौडेल, गुल्मी: मौलिक एवं चर्चित गायक तथा सर्जक प्रसाद खप्तरी मगर बिरामी परेका छन। गुल्मीको सत्यवती गाउँपालिका ४ मा जन्मिएका कलाकार मगरको दुईवटै मृगौला पुर्ण रुपमा बिग्रीएका कारण उनी अस्पतालमा भर्ना भएका छ्न।

Snow
Forest
Mountains

उनले यतिबेला टिचिङ अस्पताल महाराजगन्जमा डायलाईसिस गराईरहेका छन। डाक्टरको सल्लाह अनुसार उनको छिटोभन्दा छिटो मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुनाले आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ।

उनकी श्रीमती सरस्वती थापाका अनुसार मृगौला प्रत्यारोपण गर्नका लागि धेरै रकम आवश्यक पर्ने भएकाले सबैमा सहयोग गरिदिन आग्रह गर्नुभयो। गायक खप्तरी मगर, गुरुङ लगायत जनजाति समुदायमा प्रचलित सोरठीको मौलिक लय खाटी सांस्कृतिक पहिचानलाई कलात्मक रुपमा प्रस्तुत गर्ने सर्जक हुन।

नेपाली लोक संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका खप्तरीलाई सोरठी, सालैजो, गुल्मीतिर प्रचलित ठाडो भाका जस्ता मौलिक भाकाका बादशाहका रुपमा धेरैले चिन्ने गर्छन् ।

गीत संगीतमा बढेको व्यवसायिता, पश्चिमा संस्कृतिको प्रभाव, नयाँ पुस्ताले चासो नदिँने पुरानो पुस्ता र सरोवारवाला निकायले वास्ता नगर्दा मौलिक गीत लोक हुँदै गइरहेका बेला खप्तरीले निरन्तर रुपमा संस्कृति संरक्षणका लागि प्रयास गर्दै आएका छन्।

लोक गायक मगरको जीवन रक्षाको लागि सक्दो आर्थिक सहयोग गरिदिनु हुन ओझेलका खबर डटकम सबैमा विनम्रतापूर्वक आग्रह गर्दछ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो