Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटको शिद्धेश्वर गुफामा यज्ञ सम्पन्न 



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

महेन्द्र कौशल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-५ अमलाबोटमा रहेको शिद्धेश्वर महादेव (गुफा) मन्दिरमा हिजो माघ ८ गते भव्य यज्ञ सम्पन्न भएको हो। सधै दर्शनार्थीको घुइंचो लाग्ने शिद्धेश्वर महादेव मन्दिरमा भएको यज्ञ अहिले सम्मकै पहिलो यज्ञ भएको स्थानीय बताउछन।

प्रचार-प्रसारबाट थोरै पछाडी भएको मन्दिर आज भन्दा करिब २८ वर्ष पहिले सपनीमा दीक्षा दिएर बिपनिमा उल्था भएको मन्दिर हो। यस मन्दिरमा ढुंगाबाटै बनेका बाजागाजा (मादल, खैजडी, दमाह) लगायत शिवलिङ्ग, पंचमुखे शंख रहेका छन्। खैन्चौर र अमलाबोट गाउको बीच चमेरे खोल्साको नजिकै आफै उत्पन्न भएको सोहि गुफामा धेरै सत्यता लुकेको स्थानीय बताउछन्।

सिंचाई
Forest
Ad.

सुन्दर, मनोरम तथा अद्भुत दृष्य रहेको मन्दिरमा हिजो मात्र भव्य यज्ञ सम्पन्न गरी भक्तजनहरुबाट भेटि संकलन गरिएको थियो। देश तथा विदेशबाट अमलाबोट बासि तथा स्वदेश विदेशमा छरिएर रहनुभएका भक्तजनहरुबाट संकलन भेटिबाट शिद्धेवर महादेव मन्दिरको बिकाश र व्यस्थापनमा खर्च गर्ने व्यहोरा मन्दिर व्यवस्थापन समिति अध्यक्ष रमेश चन्द्र खरेलले जानकारी दिनुभएको हो।

यज्ञमा मन्दिर व्यस्थापन समितिका सम्पूर्ण सदस्य तथा टाडाटाडाबाट पनि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो