Salime Malika Krishi Farm

Awareness Campaign

दाङमा एउटै रुखमा झुण्डिएको अवस्थामा माइजु-भान्जाको शव फेला



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ को सानो बखरिया स्थित शिद्धदेव सामुदायिक वनमा एउटै रुखको छुट्टा छुट्टै हाँगामा माइजू-भान्जा मृत भेटिएका हुन।

झुण्डिएको अवस्थामा एक महिला र युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए। मृत भेटिनेमा तुलसीपुर उपमहानगरपालिका-३, गोटीखोला निवासी १९ वर्षीय युवक तुलसीराम घर्ती र सोही ठाउँकी करिब ३५ वर्षीया बसन्ती थापा रहेको प्रहरीले जनाएको छ। मृतक बसन्ती विवाहित हुन। उनका श्रीमानले केही दिन अघि मात्रै श्रीमती हराएको भन्दै इप्रका तुलसीपुरमा निवेदन दिएका थिए।

बुधबार पात टिप्न गएको बेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनीहरूको शव सडेको अवस्थामा फेला परेको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो