Place for ads

Awareness

पाल्पाली साहित्यकारको कालीगण्डकी परिक्रमा



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Place for ads

पाल्पा: ‘समृद्ध र समुन्नत पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा’ कार्यक्रम सम्पन्न भएको छ। शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा यही पौष २७ र २८ का दिन दुई दिने साहित्यिक यात्रा आयोजना भएको थियो। पाल्पाबाट वालिङ, पोखरा, घान्द्रुक, कुस्मा, बेनी, बाग्लुङ, पूर्तिघाट र मिर्मीको यात्रा गर्दै पाल्पाको तानसेन फर्केको यात्रा टोलीको नेतृत्व प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले गरेका गरेका थिए।

साहित्यकार शंभु अर्यालको पुस्तकालय वालिङमा साहित्यिक वार्ता र पुस्तक आदानप्रदान गरी साहित्यकार रोहित ज्ञवालीले संचालन गरेको चक्लेटी क्वीज खेल्दै अघि बढेको यात्रा पोखरा पुगी हेमराज स्मृति प्रतिष्ठानकी अध्यक्ष कवयित्री रीता पहारीसंग साहित्यिक भेटवार्ता, परिचय सहित कृतिको आदानप्रदान गरिएको थियोे। त्यसपछि पाल्पाली समाज पोखराका पदाधिकारीहरूसंग भेटघाट गरि पाल्पाको साहित्य, संस्कृति, शिक्षा र व्यापार प्रवर्द्धनका विषयमा जानकारीमूलक छलफल भएका थिए।

Get Vaccinated

साहित्यिक यात्रामा सहभागी टोलीहरू जनकविकेशरी धर्मराज थापाको कविघर वाटुलेचौर पुग्दा पाल्पालीहरूलाई वाजागाजा सहित स्वागत गरिएको थियोे । राष्ट्रिय एकता दिवस समेत परेको दिन भएकोले जनकविकेशरी धर्मराज सावित्री थापा प्रतिष्ठान र शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको संयुक्त आयोजनामा पाल्पा पोखरा कवि वाचन समेत आयोजना सम्पन्न भयो । कार्यक्रममा धर्मराज थापाको संक्षेपमा चर्चा हुनुका साथै कविता वाचन समेत गरिएको थियोे ।

धर्मराज थापाद्वारा स्थापित शुक्ला साहित्य प्रतिष्ठानद्वारा भजन साहित्य समेत प्रस्तुत गरिएको थियोे ।

पुष्कर अथक रेग्मी , राजेन्द्र गोपाल सिंह, रोहित प्रसाद ज्ञवाली, भोजराज भट्टराई , गंभिर रायमाझी ,रामजी ढुङ्गाना , आयाम कार्की, रोहित सिंह , शिव जि.आर.सहित बाल सहभागीहरू अस्तित्व रेग्मी , आविष्कार भट्टराई र ग्रिष्मा रायमाझी समेतको टोलीमा पोखरामा कवयित्री रीता न्यौपाने , डा. एलिषा रेग्मी र अस्मिता श्रेष्ठको सहभागीता रहेको थियोे ।

Awareness by SKF

साहित्यिक टोली साझ घान्दु्कमा बास बस्न पुगेको थियो । सहभागीरूले आआफ्नै तरिकाले सिर्जना गर्न र बुदा टिपोट गर्न लाग्नु भयो । विहान रमणीय घान्दुक अवलोकन गरी कुस्मा, पर्वतको जीपलाइन र बन्जीजम्पिङ क्षेत्र अवलोकन गरि १२ वजे म्याग्दीको वेनी बजार पुगी खाना गलेश्वर महादेवको दर्शन गरी बाग्लुङ पुगी बाग्लुङ कालिकाको दर्शन गरी फर्कने तयारीमा रहदा साथीहरूले आ आफ्नै तरिकाले यात्राको टिपोट गरि करिडोरको बाटो कालीगण्डकीको तिरैतिर गुल्मीको पूर्तिघाट , स्याङ्जाको मिर्मी हुँदै साँझ पाल्पाको तानसेन आइपुगेको थियो।

केही बर्ष अघि साहित्य तिर्थ कपिलधामा यात्राको आयोजना गरेको प्रतिष्ठानले यसवर्ष विभिन्न जिल्लामा साहित्यिक यात्राको आयोजना गरि पाल्पाको साहित्यिक गतिविधि र चिनारीलाई प्रचार प्रसारमा ल्याउन महत्त्वपूर्ण योगदान खेलेको पाइन्छ ।यश पटकपटक प्रतिष्ठानले आयोजना गरेको साहित्यिक यात्रुहरूहरूले पवित्र कालीगण्डकीको परिक्रमा गरेका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो