गुल्मी: मुसिकोट नगरपालिका वडा नं. ९ को सबैभन्दा ठुलो शैक्षिक संस्था सितापुर मा वि को तर्फबाट आफ्ना पुर्व विद्यार्थीहरू प्रकाश सापकोटा तथा जोतिन्द्र सापकोटा सहित उहाँहरूका पारिवारिक सदस्यहरूलाई एक कार्यक्रम आयोजनागरी स्वागत तथा सम्मान गरिएको छ। स्वर्गिय दयानिधी सापकोटाका नातिहरू प्रकाश र जोतिन्द्र लामो समय पश्चात अष्ट्रेलिया र जापानबाट परिवार सहित नेपाल आएको बेला उहाँहरूलाई सम्मान तथा स्वागत गरिएको हो।
बिव्यस द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलले स्वर्गिय दयानिधी सापकोटा,स्वर्गिय बाबुराम सापकोटाले सितापुर मा वि को लागि तात्कालिन समयमा खेलेको भुमिकाको प्रसंसागर्दै बिध्यालयको लागि यो परिवार बाट धेरै सहयोग प्राप्त गरेको र आगामी दिनहरूमा पनि सक्दो सहयोग प्राप्तहुने कुरामा ढुक्कता ब्यक्त गर्नुभयो।अध्यक्ष कंडेलले सम्मानित ब्यक्तित्वहरू प्रकाश र जोतिन्द्र सानै उमेर देखिनै समाजसेवाको भावनाले प्रेरित युवा ब्यक्तित्वहरू भएकोले सितापुर मा वि लाई दुःख पर्दा दरिलो अभिभावकत्व यस परिवार बाट प्राप्तहुने आशा र बिश्वास ब्यक्त गर्नुभयो।कार्य ब्यस्तताको बाबजुद आफ्नो आग्रह लाई प्रकाश र जोतिन्द्रले स्विकारगरी समय मिलाएकोमा बिध्यालयको तर्फ देखि अध्यक्ष कंडेलले हार्दिक धन्यबाद तथा कृतज्ञता ब्यक्त गर्नुभयो।स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष कंडेलले भनुभयोः’तपाईहरू जती टाढा गएपनि सितापुर मा वि र मुसिकोट ९ लाई कहिल्यै पनि नभुल्नुहोला’
सम्मानितहरूको तर्फ देखि कार्यक्रमका प्रमुख अतिथि प्रकाश सापकोटाले मनतब्य राख्दै भन्नुभयोः’छोंटो समयमै बिध्यालयले निकै राम्रो कार्यक्रम आयोजनागरी आफुहरू लाई स्वागत तथा सम्मानगरेकोमा बिध्यालय परिवार लाई धन्यबाद ब्यक्त गर्दछ’।प्रमुख अतिथि सापकोटाले भन्नुभयोः’जती टाढा पुगे पनि आफुहरू लाई यो गॅाऊ र सितापुर मा वि कहिल्यै भुल्ने छैनौं’
कार्यक्रममा सितापुर मा वि का शिक्षक अभिभावक संघ अध्यक्ष नरेशराज खरेलले सितापुर मा वि लाई सबैले सक्दो सहयोग गर्न सबैसमक्ष बिशेष आग्रह गर्नुभएको थियो। बिब्यस सदस्य हिमबहादुर बि क ले सितापुर मा वि मुसिकोट ९ कै पुरानो शैक्षिक संस्था भएकोले यसको लागि हितहुने कामहरू गर्न सबै संग आग्रह गर्नुभएको थियो। बिध्यालयका सल्लाहकार चिन्तामणी सापकोटाले सितापुर मा वि मा सबैको सम्मानहुने गरी कामहरू अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्नुभएको थियो।
बिब्यस सदस्य कमल सापकोटाले सितापुर मा वि को लागि प्रकाश र जोतिन्द्र जस्ता युवा समाजसेविहरूको साथ चाईएको बिचार ब्यक्त गर्नुभयो।बिध्यालयका बरिष्ठ शिक्षक लिलाकान्त न्यौपानेले सितापुर मा वि लाई अहितहुने कार्यहरू कसैले गर्न नहुने विचार व्यक्त गर्नुभयो।
स्वागत तथा सम्मान कार्यक्रममा बिध्यार्थीहरूको तर्फ देखि सांगितिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो। स्वर्गिय दयानिधी सापकोटा तथा स्वर्गिय बाबुराम सापकोटाको तस्बिरमा माल्यार्पण तथा १ मिनेट उहॅाहरूको संझनामा मौनधारण गरी कार्यक्रम अगाडि बढाईएको थियो।
कार्यक्रममा बिब्यस सदस्यहरू कमल सापकोटा, सिता घिमिरे, सरस्वती बराल, समाजसेवी व्यक्तित्व तारा सापकोटा, घनश्याम गौतम, बलराम सापकोटा, चिन्तामणी सापकोटा, केयरसिङ खड्का, सृजना सापकोटा, सोमा गुरूङ लगायतको विशेष उपस्थिति रहेको थियो।
बिब्यस अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा लिलाकान्त न्यौपानेको स्वागत मन्तब्य,प्रकाश सापकोटाको प्रमुख आतिथ्यता र बिध्यालयका प्रधानाध्यापक महाबिर बस्नेत निशानको संचालन रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |