Awareness Campaign

१३ हजारबाट सुरु गरिएको मैत्री सहकारी अहिले पौने अर्बमा पुग्यो



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: आज भन्दा २२ वर्ष अघि जम्मा करिब १३ हजार रुपियाँबाट सुरु भएको गुल्मीको सदरमुकाम तम्घासमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था अहिले आएर ७५ करोड बढी पुजी आर्जन गर्ने संस्था बनेको छ। शनिबार सो संस्थाको २२ औं साधारण सभाको अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनमा यस्तो प्रगति भएको उल्लेख गरिएको हो।

साधारण सभाको रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले उद्घाटन गर्दै जिल्लामा सफल सहकारीमध्ये एक मानिएको मैत्री बहुउद्देश्यीय सहकारी संस्थालाई थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

त्यस्तै, विशेष अतिथि जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले त्यस सहकारीका संस्थापक अध्यक्ष स्वर्गीय बोमबहादुर खड्काको स्मरण गर्दै लामो समयसम्म नेतृत्व गरेर जिल्लाकै उत्कृष्ट सहकारी बनाउन सफल भएको बताउनुभएको थियो।

Forest
Forest
Ad.

साधारण सभामा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पूर्व अध्यक्ष खड्काको निधनपछि उपाध्यक्षको हैसियतले विशेष परिस्थितिमा नेतृत्व समालेका अध्यक्ष गोपाल सुनारले ३३ जना सदस्यबाट १३ हजार २०० रुपियाँ संकलन गरि सुरु गरिएको सहकारी संस्था अहिले ७६ करोड भन्दा बढी पुजीको बन्न सफल भएको र गुल्मीका मुख्य मुख्य व्यापारीक केन्द्रसहित साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा शाखा विस्तार गरिएको बताउनुभयो ।

साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ । निवर्तमान अध्यक्ष सुनारले आफू पूर्व अध्यक्ष खड्काको निधन भएपछि विशेष परिस्थितिमा अध्यक्ष भएकोले यस पटक आफुले अध्यक्षको दाबी गर्ने बताउदै आएको केही शेयर सदस्यहरुले बताएका छन् ।

संस्थाको प्रधान कार्यालय तम्घासमा आफ्नै भवनमा कारोबार सुरु गरेको त्यस संस्थाले कृषि उत्पादन बजारीकरणमा जोड दिदै आएको छ । त्यस्तै, साना किसान, गरिब विपन्न वर्गलाई रोजगारी र स्वरोजगारी बनाउने गरि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →