Clean Water Campaign

Awareness Campaign

गैरआवासीय नेपाली संघ, चेक गणतन्त्रद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

चेक: गैर आवासी नेपाली संघ, चेक गणतन्त्रको आयोजनामा २०२४ जनवरी १ तारिख अर्थात अङ्ग्रेजी नयाँ वर्षको दिन शुभकामना आदानप्रदान, अतिथि अभिनन्दन तथा विविध सांस्कृतिक कार्यक्रम चेक गणतन्त्रको पार्दुबिसे शहरमा भव्यताका साथ सन्पन्न भयो। पार्दुबिसेमा अवस्थित साङ्ग्रिला नेपाली रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता तथा आइसिसी उपाध्यक्ष रामशरण सिम्खडाको प्रमुख आतिथ्यता रहेको थियो।

साथै कार्यक्रममा विशेष अतिथिहरू क्रमशः आइसिसी महिला उपाध्यक्ष रोजिना प्रधान राई, युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जीवी खड्का, युरोप क्षेत्रीय महिला संयोजक प्रसुना कंडेल, ICC सल्लाहकार हिराधन राई, आइसिसी सदस्य उत्तम आचार्य, चर्चित लोकदोहोरी गायक रबिन लामिछाने लगायत एनआरएनएका पदाधिकारीहरु सल्लाहकार जीवन के सी, शिव खरेल तथा पूर्व अध्यक्षहरु छत्र अधिकारी, अर्जुन सापकोटा, यदुराम पन्थी, इनासका पढधिकारीहरु अध्यक्ष गिरी कंडेल, पूर्व अध्यक्ष अन्जना रायमाझीको उपस्थिति रहेको थियो।

Forest
Forest
Ad.

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथीज्यूहरूले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। गैर आवासीय नेपाली संघ चेक परिवारको निमन्त्रणालाई स्वीकार गरेर आइदिनुभएका सम्पूर्ण अतिथी विशिष्ट अतिथिज्यूहरूलाई चेक गणतन्त्रको चिनो सहित अभिनन्दन गरिएको थियो। उक्त कार्यक्रममा लोक दोहोरी कलाकारहरु रविन लामिछाने, अन्जना रायमाझीद्वारा विशेष गायन प्रस्तुत गरिएको थियो भने स्मृति रायमाझी र ज्यशु गुरुङले विशेष नृत्य प्रस्तुत गर्नुभएको थियो।

नौमती पन्चेबाजाले कार्यक्रम थप मनोरञ्जनात्मक एवं रोमान्चित बनेको थियो। चेत कार्कीले हास्यव्यङ्ग्य संगै गायन कलाले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। सरिता पोख्रेलले प्राविधिक सहयोग गरी म्युजिक ट्रयाकहरु बजाइदिनु भएको थियो। ओझेलका खबर डटकम संगको कुराकानीमा अध्यक्ष बैकुण्ठ रायमाझीले कार्यक्रमलाई भव्यताका साथ सफल पार्नको लागि हरेक पक्षबाट सहयोग गर्नुहुने र उपस्थित भई कार्यक्रमको शोभा बढाउनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति सम्मान साथै आभार व्यक्त गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

,

तपाईलाई यो खबर कस्तो लाग्यो