Smoking Causes Cancer

गुल्मीमा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना



अनिष पन्थी
३ वर्ष अगाडि


Place for ads

गुल्मी: पछिल्लो क्रम विवाहलाई खर्चिलो र भड्किलो तरिकाले मनाइएको पाइन्छ। विवाहमा अहिले विदेशी संस्कार भित्रिदा विवाह झन खर्चिलो बन्दै गएको छ। विवाहमा गरिने खर्चलाई कटौती गर्दै गुल्मीका एक दम्पतीले आफुले अध्ययन गरेको र हाल अध्यापन गराउने विद्यालयमा एक लाख बराबरको अक्षय कोष स्थापना गरेका छन।

जिल्लाको रेसुङ्गा नगरपालिका- ११ का गुणाखर पाण्डे र लक्ष्मी हमाल पाण्डेले आफ्नो बिवाहामा गरिने खर्च कटाएर आफुले अध्ययन गरेको विद्यालय राङबास माध्यमिक विद्यालयमा बाबा आमाको सम्मानमा ५० हजार बराबरको “श्री पर्शु-मालती जेहेन्दार विधार्थी अध्ययन छात्रवृत्ति पुरस्कार अक्षयकोष” स्थापना गरेका छन ।

यस्तै पाण्डे र उनकी श्रीमती लक्ष्मी हमाल पाण्डेले अध्ययन गरेको तथा हाल श्रीमतीले अध्यापन गर्दै गरेको भगवती माध्यमिक बिधालय रेसुङ्गा नगरपालिका- १० सिमिचौरमा स्वर्गीय आमा मनिकला हमालको स्मृतिमा ५० हजार बराबरको “स्वर्गीय मनिकला जेहेन्दार विधार्थी छात्रवृत्ति पुरस्कार अक्षय कोष” को स्थापना गरेका छन।

सिंचाई
Forest
Ad.

बिद्यालयमा अध्ययनरत जेहन्दार बिद्यार्थीको लागि अक्षय कोष स्थापन गरिएको जानकारी दिए । यता गुल्मीका पत्रकार मोहन बस्नेतले पनि बिवाहा खर्च कटाएर आफ्नो जन्म स्थान रेसुङ्गा नगरपालिका -३ भाडागाउमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो