Awareness Campaign

खत्रीको पीडामा खेलप्रेमीको साथ, दर्शकले दिएको १ लाख ७१ हजार बढि सहयोग प्रदान



टोपलाल अर्याल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: फोर्टिन स्टार युवा क्लवले फुटवल खेलाडी महेन्द्र खत्रीलाई आर्थिक सहयोग गरेको छ। उनी चिदिचौर संचालन भएको चौथो फोर्टिन स्टार कप फुटवल खेल्ने क्रममा ०८ पुस गते लडेर गम्भीर घाइते बनेका थिए । उनी मालिका माबि मालिका गाउँपालिका ८ को फुटबल खेलका राइड डिफेन्डर हुन ।

उनको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । चिउडो र टाउकोको अप्रेशन गर्न पर्ने भएपछि क्लवले खेल अवधीभर खत्रीको लागि सहयोग संकलन गरेको थियो । सोहि क्रममा संकलन भएको एक लाख ७१ हजार चार सय ११ रुपैयाँ प्रदान गरिएको हो ।

क्लवका उपाध्यक्ष सुरज पोख्रेलले अस्पतालमै पुगेर घाइते खत्री, शिक्षक र आफन्तको रोहबरमा रकम हस्तान्तरण गरेका हुन् । शनिबार पोख्रेलले खेलाडीको स्वास्थ्य अवस्था बुझन्े र सहयोग हस्तान्तरण गरेर फर्किएको बताए । खेल्दै गरेको खेलाडीनै लडेपछि दर्शक समेत स्तब्ध बनेका थिए । जसका कारण सहकर्मी खेलाडी, दर्शक तथा खेलप्रेमीहरुले खत्रीको उपचार गर्न सहयोग संकलन गरे।

Forest
Forest
Ad.

यो पनि: चिदिचौरमा घाइते फुटबल खेलाडी महेन्द्रको उपचारका लागि सहयोग संकलन गरिँदै

८ पुसबाट खेल मैदानमा संचालन भएको सहयोग संकलन अभियानमा सीता बरालले संंयोजन गरेर लक्ष्मी पन्थी र कमला थापाले ५२ हजार एक सय ५१ र क्लवमा संकलन भएको रकम गरेर एक लाख ७१ हजार चार सय ११ रुपैयाँ खेलाडीलाई सहयोग गरिएको क्लवका महासचिज नारायण आचार्यले जानकारी दिए ।

उनले आयोजकको तर्फबाट खेलाडी र कोचको मृत्यु बिमा र घाइतेको हकमा प्राथमिक उपचारको व्यावस्था गरेको भएपनि महेन्द्र खत्रीको लागि शुभेच्छुक, खेलाडी र बिद्यार्थी मार्फत सानो–सानो रकम संकलन गरेर सहयोग गरिएको बताए । अहिले महेन्द्रको चिउडोको हड्डी चर्किएकाले अप्रेसनको गरिएको र स्वास्थ्यमा सुधार आएको अस्पतालमा रहेका मालिका माबिका शिक्षक खेमराज अर्यालले जानकारी दिए । खेलाडी महेन्द्र खत्री सामान्य परिवारका हुन । उनले कक्षा १० मा अध्ययन गर्छन ।

पढाईमा सेकेन्ड र खेलमा अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवार सहित विद्यालय पनि ठुलो पीडामा रहेको शिक्षक अर्यालले बताए । अर्यालका अनुसार महेन्द्र दुई भाइ मध्ये कान्छो हुन । उनले ठूलो दाजु पनि शारीरिक रुपमा कम्जोर छन् । त्यसैमा आमा ३९ बर्षीया राधिका केसी लामो समयदेखि मृगौला पिडित छन ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →