Awareness Campaign

चिदिचौरमा घाइते फुटबल खेलाडी महेन्द्रको उपचारका लागि सहयोग संकलन गरिँदै



टोपलाल अर्याल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: फुटबल खेलाडी १६ बर्षिय महेन्द्र खत्री ८ पुसमा चिदिचौर खेल मैदानमा लडेर गम्भीर घाइते बने। केहिबेर खेल प्रभावित बन्ने अवस्था रह्यो। खेलाडीको अवस्था देखेर दर्शक र आयोजकले समेत जिब्रो टोक्ने स्थिति बन्यो।

उनी मालिका माबि मालिका गाउँपालिका ८ को फुटबल खेलका राइड डिफेन्डर हुन । फोर्टिन स्टार कप फुटबलमा खेलीरहेकै बखत अचानक लडेपछि चिउडोमा चोट टाउकोसहित शरीर बजारियो । गुल्मी अस्पतालमा सामान्य उपचारपछि अहिले भैरहवा मेडिकल कलेजमा उपचार गरिरहेका छन । सिटि स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको र चिउडोको हड्डी चर्किएकाले अप्रेसनको तयारी भैरहेको अस्पतालमा रहेका मालिका माबिका शिक्षक खेमराज अर्यालले जानकारी दिए ।

खेलाडी महेन्द्र खत्री सामान्य परिवारका हुन । उनले कक्षा १० मा अध्ययन गर्छन । पढाईमा सेकेन्ड र खेलमा अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवार सहित विद्यालय पनि ठुलो पीडामा रहेको शिक्षक अर्यालले बताए । अर्याल अनुसार महेन्द्र दुई भाइ मध्ये कान्छो हुन । उनले ठूलो दाजु पनि शारीरिक रुपमा कम्जोर र भाइ पनि लडेपछी थप समस्या र चोट परेको बताए । त्यसैमा आमा ३९ बर्षिया राधिका केसी लामो समयदेखि मृगौला पिडित छन । बुवा ४० बर्षिय हरि केसी काठमाडौ कुखुरा फर्ममा काम गर्छन् ।

Forest
Forest
Ad.

अप्रेसनको लागि रकम धेरै लाग्ने भएकाले अहिले विभिन्न ठाउँमा चन्दा संकलन भैरहेको छ । विद्यार्थी घाइते भएपछि अहिलेसम्म फोर्टिन स्टार क्लबले खत्रीको नाममा आर्थिक सहयोग संकलन गरिरहेको छ । थुप्रै खेलप्रेमीहरुले स्टेजमा आएर स्वतस्फूर्त रुपमा महेन्द्रको लागि सहयोग गरेको र आफुहरुले पनि उपचारमा चासो र सहजीकरण गरिरहेको क्लबका उपाध्यक्ष सुरज पोख्रेलले बताए । संकलन भएको रकम आवश्यक अनुसार प्रदान गरिने बताए ।

मालिका माबी समूह चरणमा रिडि माबीसंग प्रतिस्पर्धा गरेर बिजयी बनेपछि क्वाटर फाइनलमा प्रबेश गरेको थियो । क्वाटर फाइनलमा महेन्द्र माबिसङ पराजित बनेको छ । मालिका खेलबाट बाहिर रहेपनी गाउँबाट प्रतिनिधित्व गरेर खेल मैदानमा देखाएको मालिकाको खेलको थुप्रैले प्रसंशा गरेका थिए । खेलमा मालिकाका खेलाडीको उत्साह निकै राम्रो थियो ।

महेन्द्र रिडि माबिको गोलकिप्पर संग ठोक्किएर लडेका थिए । घाइते भएपछि पनि मैदान महेन्द्रसग क्वाटरफाइनल खेल्ने खेलाडीलाई महेन्द्रले बेडबाटै हौसला दिइरहेको खेल शिक्षक तिर्थ बहादुर शाहीले बताए । खेल ७ देखी १२ पुससम्म संचालन हुनेछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →