Awareness

Musikot Mahotsav

मुसिकोट-३ वडा कार्यालयको जग्गा छनौटमा विवाद, दीर्घकालीन तवरले जग्गा छनौट गर्न वडाबासीको सुझाव



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: मुसिकोट नगरपालिका ३ को वडा कार्यालयको जग्गा छनौटमा विवाद भएको छ । विगत १ वर्ष पहिले वडाका केहि प्रतिनिधी र राजनितिक दलका प्रतिनिधि बसेर वडा कार्यालयको लागि अनुचित जग्गा सिफारिस गरि नगर कार्यपालिकामा सुटुक्क पठाएको भन्दै विवाद भएको हो ।

Snow
Forest
Ad.

वडा कार्यालयको लागि मुसिकोट ३ मैदान भन्दा माथी पर्ने, भौगोलिक हिसाबले नमिलेको, जग्गामा जान निकास नभएको, घडेरी बनाउदा धेरै खर्च लाग्ने र पाखो जमिन भएकोले जग्गा भन्दा तल रहेका घर जोखिम तथा विस्तपित समेत हुने भन्दै उक्त घडेरी वडा कार्यालयका लागि पास गरे जनताहरु सडकमा उत्रने चेतावनी समेत दिएका छन ।

छनौट गरिएको जग्गा हाम्रो घरभन्दा माथी छ, तल हाम्रा २०/२२ वटा घर छ्न भल जाने निकास छैन, पाखो जमिन र कमेरे माटो छ हामीलाइ त विस्थापित नै हुनुपर्ने भएकोले कुनै पनि हालतमा उक्त जग्गामा वडा भवन बनाउन नदिने भन्दै बुद्ध बराल, धन बहादुर सुनार, फुलमती नेपाली लगायत ९ जना स्थानियले वडा कार्यालय र नगरपालिकालाई सम्बोधन गरि लिखित निवेदन समेत लिएर प्रस्तुत समेत गरेका छ्न । उक्त कार्यक्रममा ९० वर्षिय जेष्ठ नागरिक बेल बहादुर सुनार गहभर आंसु पार्दै भन्नुभयो “मेरो घर तल खोल्सामा छ २/४ वर्ष बाच्ने आशा छ मर्ने बेलामा पुरिएर मर्न नपरोस ।”

उपस्थित युवा विशाल कार्की, रामेश्वर रिज्याल, दुर्गा बहादुर खडका, प्रकाश घिमिरे, लक्ष्मण जि.सी. लगाएतले वडाको दीर्घकालीन भविष्य ठुलोपोखरा क्षेत्रमा मात्र भएकोले हामीले आफुलाई पायक पर्ने भन्दा पनि सबैलाइ पायक पर्ने र दीर्घकालीन हुनु पर्नेमा जोड दिनुभयो ।

मुसिकोट ३ मैदान निवासी पशुपती घिमिरेले अतालिदै मेरै बारी पनि छ तर मैले मेरोमै भन्दिन अहिले वडा भवन भएको नजिक नै सबैलाइ पायक पर्ने हुदा ठुलोपोखरामा नै वडा कार्यालय हुनु पर्नेमा जिकिर गर्नु भयो ।

मुसिकोट ३ धरमपानी निवासी ऋषिराम कार्की, नरिनारायण घिमिरे, मुसिकोट ३ तोलादी निवासी राम बहादुर मल्ल, अर्जुन परियार लगाएत भन्नुभयो, “हामीले उचित जग्गा हेर्ने कुरामा राजनीति गर्नु हुदैन सबैलाइ नजिक पर्ने वडा कार्यालय ठुलोपोखरा नै ठिक छ ।”

काठमान्डौबाट मुसिकोट ३ निवासी युवा अभियन्ता सुवास जि.सी. ले अहिले वडाले सिफारिस गरेको जग्गा कुनै तवरले पनि ठिक ठाउँमा नभएको, राज्यको सम्पत्ती दोहन गर्ने उद्देश्यले सिफारिस गरिएको भन्दै भुगोल तथा सुविधा सबै पक्षले ठुलोपोखरा नै ठिक भएको बताउनु भयो ।वडा कार्यालयको जग्गा गोप्य रुपमा छनौट गरेको थाहा पाएपछी दर्जर्नौ सचेत युवाहरुले नगरपालिका र सम्बन्धित निकायमा त्यसको विरुद्धमा निवेदन समेत दिएको जि.सी. को भनाई छ ।

Awareness by SKF

मुसिकोट नगरपालिका ३ ठुलोपोखरामा शुक्रबार बसेको नागरिक समाजको भेलाले पुन प्रक्रिया पुर्याएर जग्गा छनौट गर्न वडा कार्यालयलाई शर्त सहित सुझाब समेत दिएको छ । वडा कार्यालयले वडा कार्यालय जग्गाका लागि पूरा बाटोले छोएको र नियमानुसार पूरा पुग्ने गरि ठुलोपोखरामा हुतानन्द घिमिरेको घर देखि गैराघर विष्णु कार्कीको घरसम्म, मैदान स्व. ईश्वरी सुनारको घरदेखी इन्द्रमाया सुनारको घरसम्मका र देविस्थानमा वसन्त रिजालको पुर्ण बाटोले छोएको जग्गा जग्गाधनीले निशुल्क वा सबैभन्दा कम मुल्यमा लालपुर्जा र नागरिकताको प्रतिलिपी सहित निवेदन दिनको लागि नियम अनुसार समय तोकेर औपचारिक सुचना प्रवाह गर्ने र आएका निवेदनमा छलफल गरि सबभन्दा उत्कृष्ट जग्गा सबैभन्दा कम दरमा उपलब्ध गराउन सक्ने जग्गाधनीको जग्गा सिफारिस गर्न सुझाव दिएको छ, साथै भेलाले जग्गाको प्राथमिकिकरण समेत गरेको भेलाको अध्यक्षता गरिरहेका समाजसेवी लोक बहादुर कार्कीले बताउनु भयो ।

जग्गाको पहिलो प्राथमिकता संस्थापक वडा समितिले छनौट गरेको ठुलोपोखरा स्थित कुल बहादुर कार्की, नर बहादुर घिमिरे र राम कुमारी रायमाझीको जग्गा, दोस्रो प्राथमिकता मुसिकोट ३, मैदान स्व. इश्वरी सुनारको घरदेखी इन्द्रमाया सुनारको घरसम्मको बाटोले पुर्ण छोएको र पूरा ५ रोपनी भए त्यो जग्गा, तेस्रो प्राथमिकता ठुलोपोखरा पोखरी पछाडी शान्ति कुवर र नर बहादुर घिमिरेको जग्गा तथा चौथो प्राथमिकता मुसिकोट ३, देविस्थान स्थित वसन्त रिजालको घर भएको जग्गालाई बनाइएको वडा सदस्य थम्मन बहादुर घिमिरेले बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष शंखर बहादुर रायमाझी, पुर्व वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री, वडा सदस्यहरु थम्मन बहादुर घिमिरे र मनभुजा विष्वकर्मा , राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, पत्रकार, मुसिकोट ३ का विभिन्न भेगको प्रतिनिधित्व गरेर आएका नागरिक, सचेत महिला तथा उल्लेख्य वडाबासी जनताहरुको उपस्थिति रहेको थियो। -छड्के न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो