Clean Water Campaign

Awareness Campaign

लियो क्लबको निःशुल्क आँखा शिविरमा १ सय ४६ जनाले लिए सेवा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

मुसिकोट: लियो क्लब अफ गुल्मी सालिमेको आयोजनामा मुसिकोट-२, मुसिकोटमा एक दिने नि-शुल्क आँखा शिविर सम्पन्न भएको छ।

मङ्गलवार उक्त वडाको देउरालीमा अवस्थित नेपाल राष्ट्रिय त्रिभुवन माबिमा सम्पन्न शिविरबाट आँखा सम्बन्धी समस्या भएका १ सय ४६ जना विरामीले सेवा लिएका छन् । जसमध्ये २४ जनाको मोतियाबिन्दु पहिचान भएको छ । अन्य विरामीहरुलाई आवश्यकता अनुसार नि-शुल्क चस्मा र औषधी वितरण गरियो क्लबले बताएको छ ।

शिविर मुसिकोट नगरपालिका वडा नम्बर २ को सह-आयोजना, श्री कृष्णहरी सापकोटा रुद्रावती आँखा उपचार केन्द्रको प्राविधिक सहयोग, ग्लोवल आईएमई बैँक वामी शाखाको सामाजिक उत्तरदायित्व अन्तर्गतको विशेष सहयोग साथै विभिन्न समाजसेवी, युवा व्यक्तित्व लगायतको सहयोगमा सम्पन्न भएको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

क्लबले मुसिकोट नगरपालिकाको वडा नं १,२,३ र ४ वडा भित्र आँखा सम्बन्धी समस्या भएका बिरामीहरूलाई मध्यनजर गरी उक्त आँखा शिविर सञ्चालन गरेको क्लबका सचिव शुसान्त शाक्यले जानकारी दिए ।

सोही अवसरमा क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षतामा औपचारिक कार्यक्रम समेत सञ्चालन गरी नयाँ सदस्यलाई सदस्यता प्रमाण पत्र तथा अतिथिहरूलाई मायाको चिनो वितरण समेत गरिएको थियो ।

सोही अवसरमा मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवन खरेल, मुसिकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सी, श्री कृष्णहरि सापकोटा आँखा उपचार केन्द्र वामीका अध्यक्ष अगनिधर लोहनी, ग्लोवल आईएमई बैँक वामी शाखा प्रबन्धक लायन्स विष्णु कुँवर, श्री कृष्णहरि सापकोटा आँखा उपचार केन्द्रका प्रमुख लियो अनिशा आचार्य, लियो डिस्ट्रिक ३२५ एम् का अध्यक्ष लियो अस्विन खतिवडा, लियो डिस्ट्रिक ३२५ एम् का उपाध्यक्ष प्रमराज तिवारी, लियो प्रवेश ढकाल, लियो क्लब अफ गुल्मी सालिमेका संस्थापक अध्यक्ष पुजन सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

शिविरको अवसरमा सञ्चालित औपचारिक कार्यक्रमको सञ्चालन क्लबका प्रशासकीय प्रमुख लियो विवेक काफ्लेले गरेका थिए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो