Awareness Campaign

गुल्मीमा जनस्तरबाट अस्पताल सञ्चालन हुँदै



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको एक ग्रामीण भेगमा जनस्तरबाट विशेषज्ञ चिकित्सक सहितको सुविधासम्पन्न अस्पताल संचालन हुन गईरहेको छ। जिल्लाकाे छत्रकाेट गाउँपालिका-५ खर्ज्याङ्ग बजारमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा.लि. लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास सङ्गको साझेदारीमा जनस्तरबाट लगानी गरेर अस्पताल संचालन हुन लागेको हो।

सोमबार उक्त अस्पतालका शेयर धनिहरुको संस्था खर्ज्याङ्ग पब्लिक हेल्थ प्रालिले पत्रकार सम्मेलन गर्दै पुष १४ गते १५ शैयाको अस्पतालको उद्घाटन गर्न लागिएको त्यस संस्थाका अध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

गुल्मीको छत्रकाेट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित गरेर विगत ७ वर्षदेखि अस्पताल स्थापना गर्ने उद्देश्यका साथ हाल संचालनमा ल्याइएको हो । अस्पताल तीन सय ९७ जना नागरिकको सेयर लगानीमा स्थापना भएको अस्पतालका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले बताए।

Forest
Forest
Ad.

“गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता-गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ अस्पतालकाे स्थापना भएको हो । यश अस्पतालमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाकाे पनि बराबरी लगानीमा खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडको स्थापना भएको हो । अस्पतालमा हालसम्म ७ करोड लगानी भइसकेको छ । पूर्ण रुपमा उपकरणसहित अस्पताल सम्पन्न हुँदा १० करोड लगानी हुने अस्पताल संचालक समिति अध्यक्ष पाण्डेको भनाई छ।

पत्रकार सम्मेलनमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष गाेपालबहादुर पाेखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताए । त्यस्तै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति सदस्य रामप्रसाद पाेखरेलले पाल्पापछि गुल्मीमा पनि आफूहरूकाे समेत लगानीमा गुल्मी, पाल्पा र अर्घाखाँचीकाे सिमाना गुल्मीको छत्रकाेट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा अस्पताल स्थापना भएको बताए । उनले खर्ज्याङ्गका स्थानीयकाे उत्साह र गुल्मीकाे गुल्मीदरबार, छत्रकाेट र रुरुक्षेत्रका सराेकारवालाकाे सहयोगका कारण अस्पताल स्थापना गर्न सम्भव भएको बताए।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टाेपलाल अर्याल सहित क्रियाशील पत्रकार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशाेक खनालसहित क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →