Clean Water Campaign

Awareness Campaign

रेसुङ्गा विमानस्थलमा यात्रुको संख्या बढेपछि उडान थप्न माग



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्ने गरेको छ । २०८० वैशाखको २९ गतेदेखि हप्ताको दुई दिन उडान सुरु गरेको निगमको विमानमा कुनै दिन पनि एक सिट खाली राख्नु पर्ने अवस्था आएको छैन् ।

सुरुमा गुल्मी जस्तो पहाडी जिल्लामा यात्रु नपाइएला भन्ने चिन्तामा रहेका गुल्मेली अहिले उत्साहित बनेका छन् । रेसुङ्गा विमानस्थलको परीक्षण उडान २०८० सालमा वैशाख १५ गते भएको थियो भने व्यावसायिक रूपमा वैशाख २९ गतेबाट नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले नियमित उडान थालेको हो ।

यात्रुहरू काठमाडौँबाट जान र आउनको लागि सिट प्याक हुने गरेको छ । बरु कहिलेकाहीँ टिकट नपाएर काठमाडौँबाट अरू यातायातका साधन प्रयोग गरी गुल्मी आउनुपर्ने अवस्था रहेको तम्घासका महेन्द्र भण्डारीले बताए ।

सिंचाई
Forest
Ad.

नेपाल वायु सेवा निगमका रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हालसम्म विमान उडेको बेलामा सधैँ प्याक नै रहेको बताए । उनका अनुसार हालसम्म २८ पटकको उडानमा सात सय ४० यात्रुले यात्रा गरिसकेका छन् । उनले विमान मौसमका कारण अवरुद्ध हुनेबाहेक अन्य उडानमा यात्रुहरूको कारण कुनै समस्या नरहेको खुलाए ।

सुरुमा विमानस्थल सञ्चालन गर्दा यात्रुको कम हुने कम्पनीहरूले शङ्का व्यक्त गरेपछि विमानको सिट खाली रहेमा उक्त खाली सिटबापतको रकम रेसुङ्गा नगरपालिकाले तिर्ने सहमति गरिएको थियो । तर, अहिलेसम्म विमान चलेको दिन सिट सधैँ प्याक भएपछि आफूहरूले भाडा बापत कुनै रकम दिन नपरेको नगर प्रमुख खिलध्यज पन्थीले बताए । उनले भने, ‘सिट प्याक हुन्छ । बरु टिकट खोसाखोस भएको अवस्था छ ।’

रेसुङ्गा नगरपालिकाले विमानस्थलमा सुरक्षाकर्मी, खानेपानी ट्याङ्कीलगायत अन्य भौतिक सहयोग गरेको छ । २०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको थियो । कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा थप ढिलाइ भएको आयोजनाले जनाएको थियो ।

करिब ३५ करोड लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । यो कुल १५६ रोपनी जग्गामा फैलिएको छ । विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ ।

Awareness by SKF

उडान थप्न माग

वैशाखको अन्त्यमा सुरु भएको विमानस्थलमा असार, साउन र भदौ महिनामा उडान डिस्टर्व हुन पुग्यो । त्यति बेला मौसम हेरेर मात्र विमान आउने जाने भयो ।

पहाडी जिल्ला गुल्मीमा बर्खाको बेलामा बादल धेरै लाग्ने भएका कारणले विमान नियमित हुन पाएको थिएन । भदाैको अन्तिमदेखि हप्तामा दुई दिन बुधबार र शुक्रबार नियमित उडान हुने गरेको छ । हिउँदमा भने कुनै समस्या आएको छैन् । बिहान तलतल हुस्सु लागेपनि विमान उडानका गर्न मिल्ने हुन्छ ।

वायुसेवा निगमका रेसुङ्गा स्टेसन इन्चार्ज सुमन थापाका अनुसार काठमाडौँबाट आउँदा १५ जना र जाँदा समान र तौल हेरेर १६–१७ जना यात्रु सधैँ रहेका छन् । उनले यात्रुहरूको अवस्था हरेर यहाँ हप्ताको दुई दिन होइन, चार दिन उडान चाहिने बताए ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले नगरपालिका नेपाल वायुसेवा निगमलाई हप्ताको ४ दिन उडानका लागि आफूहरूले पत्राचार गरेको बताए । उडान थप्नको लागि भएको छलफलमा अहिले निगमका दुईबाट मात्रै विमान भएकाले तत्काल नसकेको र निगमले अर्को विमान ल्याउन साथ गुल्मीलाई उच्च प्राथमिकता राख्ने प्रतिबद्धता जनाएको उनले बताए ।

त्यस्तै निजी कम्पनीका विमानहरू ल्याउनको लागि पनि छलफल भइरहेको उनले खुलाए । यसअघि यहाँ सुरुमा तारा एयरले परीक्षण विमान उडान गरे पनि पछि भाडदार नमिल्दा व्यावसायिक उडान गरेन ।

विमानस्थल परीक्षणको बेला रेसुङ्गा पुगेका गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतले विमानस्थलको विषयमा चासो दिने गरेको पन्थीले बताए।

उनले भने,‘विमानस्थल जसरी बनाउन र सञ्चालन गराउन सबैको योगदान छ । त्यसैगरी विमानको उडान थप्न पनि जिल्लका नेताहरू चासो छ ।’ रेसुङ्गा विमानस्थलबाट गुल्मी, अर्घाखाँची जिल्ला र बाग्लुङको बुर्तिवाङ क्षेत्रका स्थानीयले लाभ लिइरहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो