Hi-Speed Computer

Awareness Campaign

गुल्मीको इस्माका विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सञ्चालन हुने



सुमन महतारा
१ वर्ष अगाडि


Awareness

Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाले आइतबार एक सूचना निकाल्दै गाउँपालिका भित्रका बिद्यालयमा नर्स स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले बताए ।

उनले गाउँपालिका भित्रका १५ वटा निमावि र माध्यमिक बिद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन् ।

Forest
Forest
Ad.

गाउँपालिकामा कार्यरत नर्सले विद्यालयहरुमा पुगेर प्राथमिक उपचारकाे बिषयमा जानकारी दिने किशोर किशोरीकाे स्वास्थ्य अवस्था र उमेर अवस्थाकाे जानकारी दिने उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन ।

उनले भनीन `धेरै स्कुलहरुमा छात्राहरु विद्यालय समयमा पल्टिने पेट दुखेर आत्तिने लगायतका समस्याहरु देखा परे पछि गाउँ पालिकाले परिक्षाको समयमा केहि विद्यालयमा स्वास्थ्यकर्मी खटाएरै परिक्षा संचालन गर्नुपरेको थियोे´ त्यसैले अहिले विद्यालय नर्स कार्यक्रमबाट सबै विद्यार्थी लाभान्वित हुनेछन् विशेष गरि छात्रा विद्यार्थीलाई लक्ष्यित गरि याे कार्यक्रम संचालन गरिएको उनले बताएकि छन् ।

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले किशोर किशोरी अवस्थाका विद्यार्थीहरुले खानपिनकाे बिषयमा ध्यान पुर्याउदैनन र यो कार्यक्रमले खानपिन सम्बन्धि जानकारी स्वास्थ्य शिक्षा, स्वस्थ बन्ने बिषयमा जानकारी लगाएत स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाहा हुने भएकाले बिद्यालयमा नर्स कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका छन् ।

बिद्यालयमा सञ्चालन हुने बिद्यालय नर्स कार्यक्रमले बिद्यार्थी सामान्य उपचार र औंषधिका लागि स्वास्थय संस्था जानुपर्ने समस्याकाे अन्त्य हुने छ । याे कार्यक्रम नियमित रुपमा सञ्चालन हुने छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो