Smoking Causes Cancer

इस्मा तेक्वान्दो डोजाङ्गको रुपन्देहीमा उत्कृष्ट प्रदर्शन



टोपलाल अर्याल
३ वर्ष अगाडि


Place for ads

गुल्मी: प्रथम लुम्बिनी प्रदेश स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा इस्मा तेक्वान्दो डोजाङ्गका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन। खेलमा सहभागी शिव घर्तिले ५८ केजी, सुरज सुनारले ५४ केजी, धन बहादुर घिमिरेले ५३ केजी र मनिषा बिकले ४९ केजी तौल तर्फ प्रथम हुदै स्वर्णपदक जितेका छन।

त्यस्तै अर्जुन सुनार ४८ केजी तर्फ द्वतिय हुदै रजत र रामु मुखिया ५४ केजी तर्फ तृतीय हुँदै कास्य पदक जितेको इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष तथा रेफ्री दिपक जिसिले जानकारी दिए ।

पुस ६ र ७ गते रामापुर तेक्वान्दो डोजाङ्गले सतचिन्तन सामुदायिक प्रतिष्ठा भवनसैनामैना -८,रामापुर, रुपदेहीमा आयोजना गरेको प्रतियोगितामा सहभागी हुन तेक्वान्दो डोजाङ्गबाट ६ जना खेलाडी गएका थिए ।

सिंचाई
Forest
Ad.

इस्मा डोजाङ्ग अन्तरगत १ सय जना खेलाडी आवद्ध छन । डोजाङ्गले इस्मा २ को पालुखा माबी, ३ को ठाढुङा माबि र नयाँपोखरा, ४ को रामराज्य माबी तथा ६ को अमरपुर ओमप्रसाद गौतम माबीमा तेक्वान्दो प्रशिक्षण भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →