बागलुङ: गलकोट नगरपालिकाले जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी अभियान थालेको छ। नगरपालिकाले डाक्टर र स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो। टोल-टोलमा यो अभियान चलाइने नगरप्रमुख भरत शर्मा गैरेले बताए।
बिहिबारदेखि शुरु भएको अभियानअन्र्तगत पहिलो दिन वडा नं. ८ को थालेपोखरामा पुगेर नगर अस्पतालका डा. राजेश पौडेल, नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेल सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् । बुढ्यौलीका समस्याबारे पनि घरमा पुगेका स्वास्थ्यकर्मीले सल्लाह दिने गरेका छन् । पालिकादेखि सबैभन्दा टाढाको पाण्डवखानीमा तीन दिनअघि स्वास्थ्य शिविर सम्पन्न गरिसकेको नगरपालिकाले थालेपोखराबाट घरदैलो अभियान थालेको हो ।
घरैमा रोग पालेर बसेका बुढापाकालाई उपचार गराएर स्वस्थ्य बनाउने नगरपालिकाको योजना अनुसार स्वास्थ्यकर्मी घरघर पठाइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । उपचारमा खटिने टोलीले महिला जेष्ठ नागरिक भएमा पाठेघरको समस्या समेत बुझ्ने गरेका छन्।
कतिपय महिलाहरु पाठेघरको समस्याले पिल्सीएर बसेको भेटाएको नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले बताए । चिसोको समस्या भएकालाई पनि आवस्यक औषधि दिइएको थियो। -ढोरपाटन न्यूज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







