Smoking Causes Cancer

बुटवलमा गुल्मीको उखु र गुँणको प्रचारप्रसार गर्न जुटेका गुल्मीका दिगामेली



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

भुवन भुसाल, गुल्मी: उँखु प्रवर्द्धनको लागि गुल्मी छत्रकोट-४, दिगामका बासिन्दा बुटवलमा जुटेका छन। लुम्बिनी एक्सपो रुपन्देहीको सचेतना र्यालीमा गुल्मी दिगाम घर भई रुपन्देही बस्ने दिगामेलीले आफ्नो गाउँको उत्पादन प्रवर्द्धन गर्न उँखु र्याली गरिएको संयोजक हरिकृष्ण सुबेदिले बताउनुभयो।

“लुम्बिनी एक्सपोको उदघाटन सत्र अगाडी सचेतना र्याली थियो देश भरका मान्छे जम्मा हुने ठाँउमा आफ्नो गाउँको उत्पादन किन प्रवर्द्धन नगर्ने भनेर उँखु र्याली गरिएको हो” दिगाम रुपन्देही सम्पर्क समाजको सदस्य एवं सो र्याली संयोजक सुबेदिले भन्नुभयो ।

उँखु बोकेर र्याली गरेपछी र्यालीमा सहभागी र बजारबासी धेरैले चासो दिंदै तस्बिर समेत खिचाएका थिए । र्यालीमा १ सय ५३ टिम सहभागी भएकोमा दिगामको टिमले सान्त्वना पुरस्कार समेत पाएको छ । पहाडमा उत्पादित उँखु तराईको भन्दा स्वादिलो र पोषण युक्त हुन्छ भनेर प्रचार प्रसार गर्न पाएकोमा गौरब लागेको सम्पर्क समाजका अध्यक्ष माधव ज्ञवालीले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

दिगाम खास गरि उँखु गुण र खुदोकै कारण प्रशिद्ध ठाउँ हो । यहाँका लगभग सबैजसो किसानले उँखु खेती गर्दै आएका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो