Awareness Campaign

गुल्मीबाट पाल्पा जाँदै गरेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ। दुई जना घाइते भएका छन्। गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका-३ का विष्णु ढकालकाे ज्यान गएकाे हाे ।

दुर्घटनामा दाङकाे घोराही उपमहानगरपालिका-१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका-५ रोल्पाका हिमाल घर्ती घाइते हुनुभएकाे छ । घाइते दुवै जनाकाे तानसेनकाे युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएकाे हाे । टिपरका चालक घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो