Salime Malika Krishi Farm

Awareness Campaign

नेशनल प्याब्सन, गुल्मीको आयोजनामा जिल्ला स्तरीय अतिरिक्त कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेशनल प्याब्सन गुल्मीको आयोजनामा जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ।

नेशनल प्याब्सनमा आवद्ध गुल्मी जिल्लाका संस्थागत विद्यालयहरु बिच एकल लोक नृत्य, एकल लोक गायन, वतृत्वकला तथा चित्रकला विधामा प्रतिस्पर्धा गराइएको नेशनल प्याब्सन गुल्मीका सह-सचिव वसन्त अधिकारीले बताउनु भयो।

वकृत्वकला विधातर्फ गन्डकी बोर्डिङ स्कुल प्रथम, लिटिल स्टार पब्लिक स्कुल द्दितिय, छत्रभुमी एभरग्रीन बोर्डिङ स्कुल तृतिय र भानु बोर्डिङ स्कुल सान्तवना भएका छन, चित्रकला विधातर्फ दिपज्वती बोर्डिङ स्कुल प्रथम, गोल्डन फ्युचर एकाडेमी द्दितिय र गण्डकी बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गरेका छन नृत्य विधातर्फ गोल्डन फ्युचर एकाडेमी प्रथम, दिपज्वती बोर्डिङ स्कुल द्वितिय  छत्रदेवी एभरग्रीन बोर्डिङ स्कुल तृतिय भएका छ्न भने

सिंचाई
Forest
Ad.

गायन विधातर्फ लिटिल स्टार पब्लिक स्कुल प्रथम, भानु बोर्डिङ स्कुल द्दितिय र दिपज्वती तृतिय स्थान हासिल गरेको संस्थाका उपाध्यक्ष सरोज गुरुङले बताउनु भयो । गायन र नृत्यमा प्रथम र द्दितिय हुने विद्यार्थी प्रदेश स्तरिय कार्यक्रममा यहि पौष १४ गते दाङको घोराहीमा जान पाउने समेत गुरुङले बताउनु भयो।

कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथी र विद्यार्थीहरुलाइ संस्थाका जिल्ला सह सचिब वसन्त अधिकारीले उत्प्रेरणा युक्त मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेशनल प्याब्सनमा आवद्ध विद्यालयलाई पुर्व प्राथमिक तहका बच्चाको लागि आवश्यक खेलौना तथा शिक्षण सिकाईका शैक्षिक सामाग्री समेत वितरण गरिएको संस्थाका अध्यक्ष ओम बहादुर टन्डनले जानकारी दिनुभयो।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथी रेसुङा नगरपालिकाको युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख पितम्बर पन्थीले राज्यले लिनु पर्ने आधा भन्दा बढी शैक्षिक भार निजि विद्यालयले लिएकोले निजि विद्यालयलाइ सहयोग गर्नुपर्ने जोड दिनुभयो ।

Awareness by SKF

कार्यक्रममा लोक गायक खुम खत्री र हरी खत्रीले आफ्नो प्रस्तुती समेत राख्नुभएको संस्थाका पुर्व जिल्ला अध्यक्ष पदम टन्डनले बताउनु भएको छ।

नेशनल प्याब्सन गुल्मीका अध्यक्ष ओम बदाहुर टन्डनको अध्यक्षता, रेसुङा नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख पितम्बर पन्थीको प्रमुख आथित्यता र संस्थाका जिल्ला सचीव सुनिल बस्नेतको संचालनमा कार्यक्रम सम्पन्न भएको संस्थाका परीक्षा समिती संयोजक राजु कुँवरले बताउनु भयो।

लिटिल स्टार्स पब्लिक स्कुल रेसुङा नगरपालिका १३ उर्लेनिमा भएको कार्यक्रममा जनप्रतिनिधि, संघ संस्था प्रमुख, विभिन्न विद्यालयका प्रधानध्यापन, कलाकार पत्रकार, सनाजसेवी, अभिभावक तथा विद्यार्थीको उपस्थित रहेको संस्थाका कोषाध्यक्ष बिष्णु महतले बताउनु भएको छ। -छड्के न्यूज 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो