Place for ads

Awareness

गुल्मीमा पहिलोपटक डायलाइसिस सेवा सुरु



सुमन महतारा
५ महिना अगाडि


Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीकाे पटक पटकको प्रयास र पहलमा गुल्मीमा डायलाइसिस सेवा सुरु हुने भएको छ।

मेयर पन्थीकाे नेतृत्वले नगरपालिकाकाे पहिलो कार्यपालिका बैठकबाट तम्घासमै मृगौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेकाे नगरपालिका उपप्रमुख अमृता देवि कुवँरले बताइन्।

Get Vaccinated

रेसुङ्गा नगरपालिकाले याे कार्यक्रमलाई अगाडि सार्दा धेरैले महत्वाकांक्षी योजनाका रूपमा लिएकाे कुरा स्मरणमा रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले गुल्मेली नागरिक डायलाइसिसका लागि काठमाडौं जानुपर्ने जसका लागि धेरै रकम खर्चिनुपर्ने धेरै समय लाग्ने र भनेको बेला उपचार नपाउँने समस्या अन्त्यका लागि गुल्मीमै डायलाइसिस सेवा सुरु गर्नुपर्छ भनेर आफू निरन्तर लागेको पन्थीले बताए।

मेयर पन्थीले गुल्मेली नागरिकको हरेक क्षेत्रकाे विकासका निमित्त आफू सधैं लाग्ने बताएका छन् । उनले `यो सँगै गुल्मीको समुन्नतिमा एउटा ईटाँ थप भएको छ भने दीन, दु:खी र गरीब नागरिक सबभन्दा धेरै लाभान्वित हुने भएका छन् ´उनले भने ।

गुल्मी अस्पतालमा सञ्चालन हुने डायलाईसिस सेवा सेवा लिने सेवाग्राहीले अस्पताल प्रशासनमा जानकारी गराउँन गुल्मी अस्पतालले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो