Salime Malika Krishi Farm

Awareness Campaign

पुरुषलाई बलात्कारको आरोप लगाएर रकम असुल्न खोज्ने तीन महिलालाई डेढ वर्ष कैद सजाय



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

जीतसागर जी.एम., दाङ: दाङमा एक पुरुषलाई हनिट्रयाप अर्थात मायाजालमा पारी रकम असुल्न खोज्ने तीन महिलालाई अदालतले डेढ वर्ष कैद, नगद जरिवाना र क्षतिपुर्तिसहितको फैसला गरेको छ।

एक जना पुरुषलाई प्रेमको प्रलोभनमा पारेर ५० लाख रुपैयाँ मागेर नदिएमा बलत्कार गरेको मुद्धा हाल्ने भनि धम्की दिने घोराही उपमहानगरपालिका १५ निवासी ३५ वर्षीया सीतादेवी थापा, सोही ठाउँ निवासी ४६ वर्षीया खुमा वली र ३४ वर्षीया सुष्मा परियारलाई अदालतले दोषि ठहर गरेको हो।

उनीहरु तीनै जनालाई जनही एक वर्ष छ महिना कैद, १५ हजार जरिवाना र १० हजार क्षतिपुर्ति दिने फैसला गरेको छ । पुरुषले अदालतमा २०७८ असोज १९ गते तीन जना महिलाविरुद्ध उजुरी दिएका थिए ।

सिंचाई
Forest
Ad.

उनीहरुलाई आपराधिक लाभ शिर्षकमा मुद्धा चलाइएको थियो । दाङ देउखुरी जिल्ला अदालतका न्यायधिस जगत बहादुर पौडेलको इजलासले सोमबार तीन जना महिलालाई दोषि ठहर गरी कैद सजाय तोकेको अदालतका सुचना अधिकारी दामोदर घिमिरेले जानकारी दिनुभयो । सीतादेवी थापाले लगेको १ लाख समेत फिर्ता गर्नुपर्ने अदालतले फैसला गरेको सुचना घिमिरेले घिमिरेले बताउनुभयो ।

फौजदारी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १ को खण्ड ख अनुसार यस्तो कसुर गर्नेलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो