Smoking Causes Cancer

बुटवलको फुलबारीमा शाइन रेसुङ्गा बैंकका कर्मचारी झुण्डिएको अवस्थामा फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बुटवल: साइन रेसुङ्गा बैंकका एक कर्मचारी बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा फेला परेका छन्। बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले बताए।

शर्मा बुटवलको ट्राफिकचोक शाखामा कार्यरत रहेका थिए । आज बिहान फुलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए। -ग्लोबल आवाज 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो