Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा बोका चोरेर मासु खाने २ जना पक्राउ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा बोका चोरेर मासु खाने दुई जना पक्राउ परेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका-७ बस्ने २३ वर्षीय एक र अर्को एक जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

उनीहरुले मङ्सिर १५ गते राति गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ बर्दबास बस्ने विष्णु कुमारी जोगी कुँवरको अन्दाजी २२ किलोको बोका चोरेका थिए। कुँवरको उजुरीपछि अनुसन्धान गर्दै जाँदा गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ मा फेला पारी पक्राउ गरि सोधपुछ गर्ने क्रममा उक्त चोरी गरेको बोका काटि केहि मासु खाएको र केही मासु बिक्री गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो ।

निजहरुलाई गुल्मी जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो