Salime Malika Krishi Farm

Awareness Campaign

गरिबीसँग जुधेर तीन स्वर्ण जितेकी सुष्माको खुसी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

हरिकृष्ण गौतम: बाटोमा भेट्टाएको नगद सम्बन्धित व्यक्तिलाई फिर्ता बेनी नगरपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सुष्मा नेपाली ले एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गर्दै तीन स्वर्ण र एक रजत पदक दिलाइन्। बेनीस्थित प्रकाश माविबाट प्रतियोगितामा सहभागी भएकी कक्षा ७ मा अध्ययनरत १४ बर्षिया सुष्माले दौड तर्फ २०० मिटर र ४×१०० रिले, ४×४०० रिलेमा तीन स्वर्ण र १०० मिटर रजत पदक जित्न सफल भएकी हुन्।

एथलेटिक्स विधामा अलराउन्ड सुष्मा विपन्न परिवारकी हुन्। बेनी नगरपालिका-३,भकिम्लीबाट रोजगारीका लागि बेनीबजारमा आएकी आमा मनकुमारीले घरेलु मजदुरका रुपमा काम गरी शिक्षादीक्षासँगै पढाइमा समेत सुष्मालाई कहिल्यै कमी हुन दिइनन् । भुईमान्छे भएर संघर्ष गरिरहेकी मनकुमारीलाई समेत सुष्माको सफलताले थप उत्साहित बनाएको छ ।

दैनिक गर्ने कठोर मजदुरीले समेत पेटभरी खान धौ-धौ भएपनि मनकुमारीले नगरपालिकाको फोहोर संकलनदेखि घरायसी काममा समेत समय दिएर छोरीलाई खेलमा समेत सफलताका लागि हौसला दिने गरेकी छन् ।

सिंचाई
Forest
Ad.

दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि प्रकाश माविले उचित ब्यवस्थापन गरेकाले खेलकुद विधामा सफलता प्राप्त गरेकी सुष्माले जिल्लास्तरीय र प्रदेशस्तरीय खेलमा समेत पदक जितेकी छन् ।

मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेकी सुष्मा भविस्यमा राष्ट्रिय टोलीबाट समेत एथलेटिक्समा खेल्ने लक्ष्य रहेको बताईन् ।

प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जित्दै जिल्लास्तरीय राष्ट्रपति कपका लागि समेत छनौट भएकी सुष्माले मजदुरीमा आमाले बगाएको पसिना र खुसीमा आँखामा बग्ने आँसुले झनै आत्मबल बढेको बताईन् ।

उनले कक्षा १२ सम्म विद्यालयबाट खेल्ने खेलसँग अनुभवी प्रशिक्षकबाट समेत तालिम सहितको सहयोग आवश्यक रहेको बताईन् । उनले आफु्ँले मेडल जित्दा आमा धेरै खुसी हुने गरेको बताईन् । एथलेटिक्सको समुहगत खेलका विधामा सुष्मा चम्किदाँ आश मारेको पदक समेत विद्यालयले जित्न सफल भएको छ ।

Awareness by SKF

‘एथ्लेटिक्सकी सुन्दर भविष्य हुन्, विद्यालयका लागि उनले अहिलेसम्म ३० भन्दा बढी स्वर्ण जितेकी छन्’ प्रकाश माविका सहायक प्रअ विनय श्रेष्ठले भने। हरेक विधामा निर्धारित समयमै तिव्र गतिको धावक जस्तै दौडिएर पछिल्लो तीनबर्ष यता सुष्माले विद्यालय र आयोजकसँगै दर्शकलाई समेत चकित पारेकी छन् ।

प्रकाश माविका प्रधानाध्यापक लेखबहादुर हमालले एथलेटिक्स खेलबाटै सुष्माले जिल्लाका लागि समेत पदक दिलाउन सक्ने भएकाले उचित तालिम सहित प्रोत्साहनको आवश्यकता रहेको बताए। यसपटक सुष्मा सहित एथलेटिक्स विधामा चम्किएका खेलाडीकै कारण प्रकाश मावि नगरस्तरीय प्रतियोगितामा च्याम्पियन भएको छ। -बेनीअनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो