Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनमा युडब्लूएस नेपाल सरोकारवालासंग समिक्षा गर्दै



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: यु डब्लू एस नेपालले गुल्मीका पालिका स्तरका सरोकारवालाहरूसँग गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि समीक्षा गर्ने भएको छ। शनिबार प्रेस विज्ञप्ती जारी गर्दै यु डब्लू एस नेपालले कार्यक्रमको बारेमा जानकारी गराएको हो।

पुस १ गते रेसुगाको पौवा होटलमा आयोजना गरिएको समीक्षामा संघ र प्रदेश सभाका सदस्य, जिल्ला समन्वय प्रमुख, परियोजना लागु भएका र अब संचालन हुने पालिकाका प्रमुख, पालिकाका समाजिक विकास समिति संयोजक, शिक्षा अधिकृत सहितका जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिती हुने छ ।

कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यु डब्लू एस नेपालले संचालन गरेका परियोजनाको उद्देश्यहरू प्रस्तुत गर्ने तथा भावी योजनाहरु सार्वजनिक गर्दै गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनमा जिल्ला तथा पालिकास्तरका सरोकारवालाहरूको समेत सुझाव संकलन गरिने यु डब्लू एस नेपालको सिनियर एजुकेशन म्यानेजर नताशा काफ्लेले जानकारी दिइन्।

सिंचाई
Forest
Ad.

त्यस्तै कार्यक्रम पश्चात स्थानीय तहका सरोकारवालाहरु यु डब्लू एस नेपालद्वारा संचालित कार्यक्रम र परियोजनाहरुका बारेमा जानकार हुनुका साथै तिनीहरुको अपनत्व लिने, आधारभूत तहको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षामा स्थानीय तहका सरोकारवाला तहहरूबीच सहकार्यका लागि सहयोगी वातावरण सिर्जना गर्दै ५ वर्षसम्म सहकार्य गर्ने अपेक्षा गरिएको यु डब्लू एस नेपालका गुल्मी स्थित बरिष्ठ शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिए।

यु डब्लू एस नेपालको एक परियोजना अन्तर्गत लैङ्गिकमैत्री समावेशी वातावरण सिर्जना गरी विद्यालय शिक्षालाई सुधार गर्नका लागि समावेशीकार्यदल गठन गरिने काफ्लेले बताइन् । उक्त कार्यदलले आगामी दुई वर्षसम्म प्रत्येक छ महिनामा एक पटक बैठक बसेर समावेशी र समतामूलक गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न स्थानीय तहको सरकारलाई सल्लाह सुझाव प्रदान गर्ने सिनियर एजुकेशन म्यानेजर काफ्लेले बताइन् ।

साथै, सहकार्य अवधिको पाँच वर्ष समाप्त भएपछि सो विद्यालयमा यु डब्लू एस नेपालले गरेका राम्रा कार्यहरुको निरन्तरता दिने गरी स्थानीय निकायमा विद्यालयलाई हस्तान्तरण गर्ने संस्थाको योजना अनुसार यस कार्यक्रमबाट भावी दिनहरुमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको सिग्देलले बताए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →