Salime Malika Krishi Farm

Awareness Campaign

ढोरपाटनमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उत्तरगंगा प्रथम



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

बुर्तिबाङ: बागलुङको ढोरपाटन नगरपालिकामा अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सम्पन्न भएको छ।

ढोरपाटन नगरपालिकाको आयोजना एवम् जनता सकेण्डरी ईङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा सुरु भएको प्रतियोगीतामा उत्तरगंगा उच्च माध्यमिक विद्यालयले ४ स्वणर् पदक र १ रजत पदक जित्दै प्रथम बन्न सफल भएको छ ।

त्यस्तै ३ स्वणर् पदक, ४ रजत पदक र १ कास्य पदक जित्दै प्रकाश माध्यमिक विद्यालय द्धितिय एवम् १ स्वणर् पदक २ रजत पदक र २ कास्य पदक जित्दै सरस्वती माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ ।

सिंचाई
Forest
Ad.

प्रतियोगीतामा नगरभित्रका सामुदायिक र संस्थागत गरी १४ विद्यालय मध्ये १३ वटा विद्यालयका खेलाडीहरुको सहभागिता जनाएका थियो । प्रतियोगीता तर्फ छात्र/छात्रा भलिबल, छात्र दौड ८०० मिटर, छात्रा दौड ४०० मिटर, छात्र/छात्रा हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटफुट लगायतका ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालय एवम् खेलाडीहरुलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगीता समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् ढोरपाटन नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिष्णु प्रसाद ज्ञवालीले विभिन्न प्रतियोगीतामा विजयी हुने खेलाडी र विद्यालयलाई बधाई दिँदै अझै जिल्ला र प्रदेश स्तरका प्रतियोगीतामा पनि विजयी हुन शुभकामना व्यक्त गर्नुभयो।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको भन्दै नगरपालिकाले खेलकुदको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Awareness by SKF

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । जनता सकेण्डरी ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज महतको अध्यक्षता रहेको समापन समारोहमा ढोरपाटन नगरपालिका वडा नं ८ का वडाध्यक्ष उमेश बुढा मगरको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो