Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा जन्मिएका सोमपाल दुईपटक विश्वकप खेल्ने एकमात्र खेलाडी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाली टोलीले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेल्दा होस् वा सन् २०१८ मा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा, टोलीका महत्त्वपूर्ण खेलाडी हुन्, सोमपाल कामी। गुल्मीमा जन्मिएका उनी भारतमा हुर्किएका हुन्। कामको सिलसिलामा उनका बुबा भारतको पञ्जाब गएका थिए र उनी त्यतै हुर्किए।

सन् २०१३ मा नेपाल आएर उनले क्रिकेट खेल्न थाले। नेपाली क्रिकेट फ्यान क्लबबाट काठमाडौं क्षेत्र नं ३ मा छिरेका सोमपाल सो टोलीका लागि महत्त्वपूर्ण खेलाडी थिए। यू-१९ नेसनल च्याम्पियनसिप प्रतियोगिता जितेको क्षेत्र नं ३ टोलीका लागि सोमपालले दुई शतक प्रहार गरेका थिए भने बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनको प्रदर्शन देखेर नेपाली क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायेके प्रभावित भएका थिए । त्यसपछि सोमपालको राष्ट्रिय टिमको यात्रा सुरु भयो । सन् २०१४ को जनवरीमा यूएईविरुद्ध डेब्यू गरेका उनले सोही वर्ष बंगलादेशमा आयोजित विश्वकपमा टि २० अन्तर्राष्ट्रिय खेलमा हङकङ विरुद्ध डेब्यु गरेका थिए। उनले सो विश्वकपमा ४ विकेट लिएका थिए।

सिंचाई
Forest
Ad.

बलिङ अलराउन्डरका रूपमा परिचित सोमपालले टी-२० अन्तर्राष्ट्रियमा ५२ विकेट लिएका छन्। ब्याटिङतर्फ पनि २६७ रन बनाएका छन्। सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध उनले १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बल फालेका थिए।

नेपाली टोलीका प्रिमियर फास्ट बलर रहेका उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेका थिए। उनले डेब्युमै नेदरल्यान्ड्सका तीन ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाएका थिए। हालसम्म उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ६५ विकेट लिँदा ५५४ रन बनाएका छन्। उनले केही समयअघि पाकिस्तान र श्रीलंकामा सम्पन्न एसिया कपमा भारतविरुद्ध ४८ रनको महत्त्वपूर्ण पारी खेलेका थिए।

उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडीसमेत हुन्। उनले सन् २०१९ मा यूएईविरुद्धको खेलमा पाँच विकेट लिएका थिए। सन् २०१४ देखि निरन्तर नेपाली टोलीमा रहेका सोमपाल दुईपटक टी-२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्न सक्नेछन्। आगामी जेठ २२ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेपाल छनोट भएसँगै सोमपाल नेपाली टोलीबाट दुईपटक टी-२० विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने भएका छन्। -पोलिटिक्स दैनिक

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो