Clean Water Campaign

Awareness Campaign

खेम भण्डारीले पाए बागलुङमा पहिलो गैर आवासीय नेपाली नागरिकता



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बाइस वर्षदेखि अमेरिका बसेका यहाँका ५५ वर्षीय खेम भण्डारीले जिल्ला प्रशासन कार्यालय बागलुङबाट पहिलो पटक ‘एनआरएनए’ नागरिकता लिएका छन्।

सरकारले गैर आवासीय नेपालीले पनि नागरिकता लिन पाउने नीतिगत व्यवस्था गरेपछि भण्डारीले नागरिकता लिएका हुन्। गलकोट नगरपालिका-२, नरेठाँटी घर भई २२ वर्षअघि उनी अमेरिका गएका थिए। भारतीय सेनाबाट निवृत्त भएपछि उनी अमेरिका गएका हुन्।

अमेरिकाको नागरिकता पाएपछि भण्डारीले नेपाली नागरिकता त्यागेका थिए । उनकी पत्नि मिरा र २ छोरीले पनि अमेरिकाको नागरिकता लिएका छन् । पुर्ख्यौली सम्पत्ति भए पनि बेचबिखन नगरेका भण्डारीले बेला(बेला नेपाल आउन सहज भएको बताए । उनका छिमेकीहरु नेपालमा भएकोले चाडपर्वमा नियमित आउने गरेको बताए ।

सिंचाई
Forest
Ad.

बिहीबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भण्डारीलाई नागरिकता प्रदान गरे । बिहीबारै बागलुङ नगरपालिका-४ का यादव शर्माले पनि एनआरएनए नागरिकता लिएका छन् । उनी २५ वर्षदेखि बेल्जियममा बस्दै आएका थिए । सरकारले गरेको नीतिले उनीहरुले दोहोरो नागरिकता पाएका छन्। -ढोरपाटन न्यूज 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो