Salime Malika Krishi Farm

Awareness Campaign

साना किसान कृषि सहकारी संस्था, मुसिकोट, गुल्मीले १८ औँ वार्षिक साधारण सभा गर्ने



वसन्त अधिकारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: साना किसान कृषि सहकारी संस्था लि. मुसिकोट नगरपालिका-३, बडागाउँ गुल्मीको मिति २०८० मंसिर २१ गते बसेको संचालक समितिको बैठक नं. ९ को निर्णय नं. ५ अनुसार यस संस्थाको १८ औँ वार्षिक साधारण सभा यहि मिति २०८० पौष ९ गते सोमवार गर्ने भएको छ।

उक्त बैठकले यो वर्ष १८ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूंजिफिर्ता कोषबाट बचत र ऋण कारोबार गर्ने सदस्यलाई ५ प्रतिशत ले ऋणमा तिरेको ब्याज फिर्ता र निक्षेप वा बचतमा ब्याज थप गर्ने प्रस्तावित निर्णय १८ औँ वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय समेत गरेको संस्थाका लेेेखा सुपरिवेक्षण समिती संयोजक महेन्द्र घिमिरेले बताउनु भयो।

१८ औं वार्षिक साधारण सभामा पेश गरिने प्रस्तावहरु तपशिलमा रहेको संस्थाका प्रवन्धक विवेक पेमीले बताउनु भयो ।

सिंचाई
Forest
Ad.

१) संचालक समितिको तर्फबाट अध्यक्ष ज्यूबाट प्रस्तुत वार्षिक प्रतिवेदन अनुमोदन सम्बन्धमा।
२) लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक ज्यूबाट प्रस्तुत आर्थिक प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
३) चालू आ.व. ०८०/०८१ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम अनुमोदन सम्बन्धमा ।
४) आ.व. ०७९/०८० को वार्षिक नगद प्रवाह, नाफा-नोक्सान, वासलात सहितको लेखापरीक्षण प्रतिवेदन अनुमोदन सम्बन्धमा।
५) आ.व. ०८०/०८१ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने सम्बन्धमा।
६) संचालक समितिले निर्णय गरे बमोजिम आ.व. ०७९/०८० को वार्षिक नाफाबाट १८% शेयर लाभांश र संरक्षित पूंजिफिर्ता काेषबाट ५% अतिरिक्त ब्याज लाभांश वितरण गर्ने निर्णय अनुमोदन सम्बन्धमा।
७) आ.व. ०७९/०८० मा संचालक समिति र विभिन्न उप- समितीहरुले गरेका विभिन्न निर्णयहरु अनुमोदन सम्बन्धमा।
८) समयानुकुल संस्थाले बनाएका तथा संशोधन गरिएका नीति तथा कार्यबिधिहरु अनुमोदन र आगामी बर्षका लागि नयाँ नीति तथा कार्यबिधिहरु निर्माणका लागि अख्तियारी सम्बन्धमा ।
९) साधारणसभाको निर्णय पूस्तिकामा हस्ताक्षर गराउन शेयरधनीको तर्फदेखी प्रतिनिधिको नाम चयन सम्बन्धमा ।
१०) विविध (खराब ऋण असुल-उपर सम्बन्धमा, जग्गा भाडामा लिई बीउ उत्पादन गर्ने सम्बन्धमा, बिनियम संशोधन सम्बन्धि निर्णय पारित) सम्बन्धमा ।

साथै उक्त कार्यक्रममा कृषि जन्य उत्पादन र पशुजन्य उत्पादनको पर्दशनी गरिने छ। उक्त कार्यक्रमलाई तपशिल अनुसार संचालन गर्ने गरी व्यवस्थापन मिलाइएको र बिहान ठिक १० बजे भित्र सामाग्री सहित नाम दर्ता गर्नु पर्ने अध्यक्ष हरी प्रसाद छन्तेलले बताउनु भयो।

१. पशु प्रदर्शनी तर्फ:
क) उत्कृष्ट ब्याड बोका प्रदर्शनी (NLSIP) अन्तर्गत खरिद गरिएका ७५% बोयर नश्लका सबै अनिवार्य ।
ख) उत्कृष्ट वयष्क खसी/बोका प्रदर्शनी, संस्थाबाट अनुदान प्राप्त ब्याड बोका अनिवार्य (खुल्ला)
ग) ६ महिना भन्दा कम उमेरका र ब्याडका लागि उपयुक्त किसिमका पाठा प्रदर्शनी

सहभागिहरु मध्येबाट प्रत्येक विधामा १/१ जनालाई उत्कृष्ट किसानको रुपमा छनोट गरी प्रमाण-पत्र र नगद पुरस्कार सहित सम्मान र सहभागी सबैलाई सान्त्वना पुरस्कारको व्यवस्था समेत गरिएको छ।

Awareness by SKF

२. कृषि प्रदर्शनी तर्फ:
क) काउली
ख) ब्रो काउली
ग) बन्दा गोभी
घ) मूला
ङ) सुन्तला (हांगा सहितको झुप्पा हुनुपर्ने)
च) अदुवा (बोट सहितको झुप्पा हुनुपर्ने)

कृषि प्रदर्शनीको लागि ल्याइने सामाग्री कम्तिमा १० के.जि. परिमाणमा हुनु पर्नेछ । उत्कृष्ट किसान छनोटको लागि संचालक समितिको तर्फबाट २ जना र पशुबिमा समितिको तर्फबाट १ जना गरी ३ सदस्यीय मूल्यांकन उप-समिती गठन गरिएको छ। साथै कृषि प्रदर्शनिमा ल्याइएका कृषि उत्पादन यस संस्थाको कोशेली घर तथा सहकारी सूपथ पसलमा न्यूनतम समर्थन मूल्यमा खरिद गरि राखिने व्यवस्था समेत रहेको छ।

गत साधारणसभाको निर्णय अनुसार चालू आ.व. को मंसिर मसान्तसम्मको ब्याज र किस्ता भुक्तान नगरेका र एकाघरका प्रतिनिधि शेयर सदस्यहरूलाई सभामा उपस्थित नगराईने समेत संस्थाले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो