Hi-Speed Computer

Awareness Campaign

देउसी भैलोबाट संकलित रकमबाट लियो क्लबले गर्यो फेरि अर्को विद्यालयमा न्यानो लुगा वितरण



भुवन काफ्ले
१ वर्ष अगाडि


Awareness

Place for ads

मुसिकोट: लियो क्लब अफ गुल्मी सालिमेले सोमबार मुसिकोट नगरपालिका-८, भलेकामा रहेको खड्कदेवी प्राथमिक विद्यालयमा रहेका १९ जना विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको छ।

क्लबले नेपालीहरूको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर सङ्कलन भएको आर्थिक सहयोगबाट मुसिकोट नगरपालिका-८, भलेकामा रहेको श्री खड्कदेवी प्राथमिक विद्यालयमा रहेका १९ जना विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो।

क्लबले जाडो मौसममा न्यानो लुगाको कसैलाई पनि कमि नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको बताएको छ। साथै क्लबले गत वर्ष जस्तै यस बर्ष पनि जाडो मौसममा न्यानो लुगा वितरण अभियान सञ्चालन गर्ने क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेले जानकारी दिनुभयो।

Forest
Forest
Ad.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स विष्णु कुँवरले लियो क्लब मुसिकोट नगरपालिकामा स्थापना भएको छोटो समयमै प्रशंसनीय कामहरू गर्दै आएको बताउनुभयो। त्यस्तै कुँवरले क्लबलाई आगामी दिनहरूमा पनि यसै गरि अगाडी बढ्न शुभकामना सङ्गै क्लबलाई आफू पनि हरपल सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

क्लबको आयोजनामा मुसिकोट नगरपालिका-८, भलेकामा रहेको श्री खड्कदेवी प्राथमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लायन्स विष्णु कुँवर, विद्यालयकी प्रधानाध्यापक सम्झना काफ्ले, लियो क्लब अफ गुल्मी सालिमेका संस्थापक अध्यक्ष पुजन सापकोटा, समाजसेवी युवा विराट श्रेष्ठ, शिक्षक, कर्मचारी लगायत लियो सदस्यहरूको उपस्थिति रहेको थियो।

क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रमको सञ्चालन सचिव सुशान्त शाक्यले गर्नुभएको थियो।

सोही अवसरमा क्लबका संस्थापक अध्यक्ष पुजन सापकोटाले आफ्नो मंसिर १३ गते परेको जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो।

Awareness by SKF

क्लबले डिसेम्बर ५ मा ६६ औँ अन्तरराष्ट्रिय लियो दिवसका दिन श्री कृष्ण नारायण प्राथमिक विद्यालयमा रहेका ८ जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरी वार्षिक उत्सव मनाए सङ्गै न्यानो लुगा वितरण अभियान सुरु भएको र यसै गरी अन्य विद्यालय र वस्तीहरुमा पनि जाने कार्यक्रम रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो।

क्लबले गत बर्षपनि यसै गरी न्यानो लुगा वितरण अभियान सञ्चालन गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो