Clean Water Campaign

Awareness Campaign

कालीगण्डकी नदीमा छोडियो २ लाख ५० हजार माछाका भुरा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

राधाकृष्ण डुम्रे, वालिङ: कालीगण्डकी नदी तथा आसपासका खोलाहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्न माछाका भुराहरु छोडिएको छ। कालीगण्डकी ए जलविद्युत परियोजनाको ड्यामको मुख्य क्षेत्र आँधीमुहानमा दुई लाख ५० हजार माछाको भुरा छोडिएको हो।

नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ए परियोजना सञ्चालनसँगै मत्स्य ह्याचरी निमार्ण गरी माछाका भुुराहरु उत्पादन गर्ने र कालीगण्डीका बिभिन्न स्थानमा छोड्ने गर्दै आएको छ ।

नदिमा शहर, कत्ले, गर्दी, ठडे, हाडे आदि प्रकारका माछाको भुुराहरु छोडिएको जलबिद्युत केन्द्रका प्रमुख बाबुराजा मर्हजनले जानकारी दिनुभयो । उहाँका अनुशार बिगतका बर्षहरुमा २५ देखि ३० लाख माछाका भुुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदिहरुमा पठाईने गरिएको थियो । यो पटक भने ३५ लाख भुुरा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Forest
Forest
Ad.

अव क्रमैसँग कालीगण्डकी नदि र जिल्लाका अन्य खोलाहरुमा माछाका भुरा छोडिने जलबिद्युत केन्द्रका प्रमुख महर्जनको भनाई छ । जिल्लाका विभिन्न पालिकाहरुबाट माछाको भुराको माग भईरहेको बताउदै महर्जनले जिल्ला भरका मुख्य खोलाका लागि भनेर केन्द्रले माछाको भुरा उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

स्याङ्जामा माछामार्ने कार्यवाट आफ्नो जीविका चलाउदै आएका बोटे,माझी लगायतका समूदायलाई माछाका भुरा छोड्नाले प्रत्यक्ष फाईदा पुग्ने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादर थापाले बताउनु भयो । उहाँले भन्नुभयो,“जलविद्युतको ड्याम निर्माणका कारण नदी तथा खोलामा माछा हराउदै गएको गुनाशो आउने गरेको छ यसरी भुरा छोडिदा त्यस्त समुदायलाई प्रत्यक्ष फाईदा पुग्नेछ ।”

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो